मन्त्री यादव डब्ल्यूएचओ बैठकमा सहभागी

काठमाडौं । उपप्रधान एवम् स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादव डब्ल्यूएचओको दक्षिण पूर्वएशिया क्षेत्रको ७१औँ बैठकमा सहभागी भएका छन् ।

भारतको नयाँदिल्लीमा शुरु भएको बैठकमा मन्त्री यादव नेतृत्वको नेपाली टोलीले सहभागिता जनाएको हो । टोलीमा सचिवसहितका उच्च अधिकारीहरू सहभागी छन् ।

डब्ल्यूएचओ ‘सेरो’को ७१औँ क्षेत्रीय कमिटीको उद्घाटन समारोहमा उपप्रधान एवम् स्वास्थ्यमन्त्री यादवले सहध्यक्षता गरेका थिए ।

डब्ल्यूएचओ दक्षिण पूर्वएशिया क्षेत्रको ७१औँ क्षेत्रीय समितिको बैठकमा नेपालसहित ११ देशहरू सदस्य छन् ।

मन्त्री यादव भदौ २४ गते स्वदेश फर्कने कार्यक्रम छ ।

Published : Tuesday, 2018 September 4, 11:51 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

फेसबुकबाट तपाईको प्रतिक्रिया