मन्त्री यादव डब्ल्यूएचओ बैठकमा सहभागी
काठमाडौं । उपप्रधान एवम् स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादव डब्ल्यूएचओको दक्षिण पूर्वएशिया क्षेत्रको ७१औँ बैठकमा सहभागी भएका छन् ।
भारतको नयाँदिल्लीमा शुरु भएको बैठकमा मन्त्री यादव नेतृत्वको नेपाली टोलीले सहभागिता जनाएको हो । टोलीमा सचिवसहितका उच्च अधिकारीहरू सहभागी छन् ।
डब्ल्यूएचओ ‘सेरो’को ७१औँ क्षेत्रीय कमिटीको उद्घाटन समारोहमा उपप्रधान एवम् स्वास्थ्यमन्त्री यादवले सहध्यक्षता गरेका थिए ।
डब्ल्यूएचओ दक्षिण पूर्वएशिया क्षेत्रको ७१औँ क्षेत्रीय समितिको बैठकमा नेपालसहित ११ देशहरू सदस्य छन् ।
मन्त्री यादव भदौ २४ गते स्वदेश फर्कने कार्यक्रम छ ।
Published : Tuesday, 2018 September 4, 11:51 am
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
मजदुरी गर्ने गरिबहरूले नेपालमै सस्तो सामान प्राप्त गर्ने वातावरण तयार गर्नु पर्छ : कांग्रेस नेता गुरुङ
कल्याण गुरुङ, नेता, नेपाली कांग्रेस

यसमा तपाइको मत