चिकित्सकहरूसँग झुक्यो सरकार, लाखौँ बिरामीलाई समस्या

काठमाडौं । आकस्मिक बाहेकका सेवा अवरुद्ध गरेर आन्दोलनमा उत्रिएका चिकित्सकहरूको माग सम्बोधन गर्न कम्युनिस्ट सरकारले लचकता देखाएको छ ।

मुलुकी अपराध संहितामा रहेको व्यवस्थाको विरोधमा आन्दोलनमा उत्रिएका चिकित्सकहरूको माग अनुसार सरकारले ऐन संशोधन गर्न तयार भएको हो । स्वास्थ्य राज्यमन्त्री सुरेन्द्र यादवले चिकित्सकहरूको माग पूरा गर्न सरकार तयार रहेको बताए ।

मुलुकी अपराध संहिताको इलाजको महलमा चिकित्सकले लापरबाहीपूर्ण उपचार गरेमा जन्मकैदको व्यवस्था राखिएको छ । त्यसको विरोधमा नेपाल चिकित्सक संघको आह्वानमा चिकित्सकहरू आन्दोलनमा उत्रिएका हुन् ।

मुलुकी संहिता संशोधन गर्न सरकारले सहमति जनाए पनि लिखित सहमति नहुँदासम्म आन्दोलन नरोकिने चिकित्सक संघले जनाएको छ । चिकित्सकहरूले संशोधन विधेयक संसदमा पेश हुनुपर्ने पूर्वसर्त राखेका छन् ।

Published : Monday, 2018 September 3, 5:48 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया