निर्मला पन्तका दोषीलाई कारबाही गरः कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसका सांसद दिलेन्द्र बडूले कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तका दोषीहरूलाई छिटोभन्दा छिटो पक्राउ गरी कारबाही गर्न माग गरेका छन् ।

संसदको सोमबारको बैठकमा विशेष समय लिएर बोल्दै सांसद बडूले निर्मलाको बलात्कार र हत्या भएको विषयमा कांग्रेस गम्भीर बनेको बताए । ‘स्थानीयको दवाव र आक्रोशपछि सरकारले कारबाहीमा तदारुकता देखाएको छ’, उनले भने, ‘दोषीहरूलाई पक्राउ गरेर छिटोभन्दा छिटो कारबाही होस् ।’

कांग्रेसका सांसद बडूले मुलुकको शान्ति सुरक्षामा प्रश्न उठेको पनि बताए । ‘हत्या हिंसाका घटना बढेका छन्’, उनले भने, ‘सरकारले शान्ति सुरक्षा दिन नसकेकै कारण बलात्कार, हत्या, अपहरणका घटना भएका छन् ।’

Published : Monday, 2018 September 3, 11:37 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया