चोरसँग बिहे गर्ने अर्बपति महिला

लण्डन । स्कटल्याण्डमा २१ अर्ब रुपियाँ चिठ्ठामा जितेकी एक महिलाले चोरसँग विवाह गरे सबैलाई चकित तुल्याइ दिएकी छिन् ।

गिलियन बेफोर्डले लोट्टोमा अर्बौं रुपियाँ जितेको १५ महिनापछि श्रीमानसँग सम्बन्धविच्छेद गरेकी थिइन् ।

४६ वर्षीया गिलियन बेफोर्डले ३७ वर्षीय ब्रियन डिन्ससँग विवाह गरेकी छिन् । चारीको आरोपमा उने ६ महिनाको जेल सजायँ भोगेका छन् ।

बेफोर्डका दुई सन्तान छन् । नयाँ श्रीमानको आपराधिक रेकर्डबारे ती महिलो डेटिङको सुरुवाती अवस्थामा थाहा पाएकी थिइन् । तैपनि उनले नयाँ पतिलाई स्वीकार गरिन् ।

Published : Sunday, 2018 September 2, 6:42 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

फेसबुकबाट तपाईको प्रतिक्रिया