राजीनामा दिएर शिक्षिका बन्न गइन् वडा सदस्य शाही

जाजरकोट । जाजरकोट जिल्लाको जुनिचाँदे गाउँपालिका ६ की वडा सदस्य गरिमा शाहीले वडा सदस्य पदबाट राजीनामा दिएर शिक्षिका बन्न गएकी छिन् ।

शाहीले छेडागाड नगरपालिका–७ मा रहेको भानुभक्त आधारभुत विद्यालयमा गणित विषयको शिक्षिका जागिर पाएपछि वडा सदस्य पदबाट राजीनामा दिएकी हुन् ।

शाहीले जिल्ला शिक्षा समन्वय इकाइले लिएको परीक्षाबाट उत्तीर्ण भएकी थिइन् । त्यसपछि शाहीले जिल्ला समन्वय समितिमा राजीनामा बुझाएकी हुन् ।

शाहीले कक्षा ६ देखि ८ सम्मको गणित विषयको शिक्षण सिकाई अनुदान दरबन्दीमा उत्तीर्ण गरेकी हुन् ।

तत्कालीन माओवादी केन्द्रबाट वडा सदस्य पदमा निर्वाचित शाहीले राजनीतिलाई भन्दा पनि आफ्नो रोजगारीलाई महत्व दिएकी छिन् ।

Published : Saturday, 2018 September 1, 8:12 pm

2 प्रतिकृया प्राप्त “राजीनामा दिएर शिक्षिका बन्न गइन् वडा सदस्य शाही”

  • राजनैतिक परिपक्वता नभएका लाई पार्टी ले उठाएर कुर्सी ? मा बसालेका हरु बाट यो अवसरवादीता देख्न सकिन्छ,
    यो जावो पाच वर्ष भन्दा शिक्षीका को जागिर करिव 60 वर्ष को उमेर सम्म खान पाइयो नी”
    अरु केहि राजनीति लाजनिती को के महत्व।

  • वडा सदस्यकाे पद भनेकाे जनशक्ति भुलाउने राजनैतिक पद मात्र देखियाे ।

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया