कांग्रेसले जितेको दाङको राप्तीमा जनताको घरमै पुग्यो सेवा

मसुरीया । दाङको राप्ती गाउँपालिका पशु सेवा शाखाको आयोजनामा वडा नम्बर ६ को बगरापुर, सगरापुर, पत्थरगढवा, मझेरिया र भगवानपुरमा पशु स्वास्थ्य घुम्ती शिविर सम्पन्न गरिएको छ ।

पशु स्वास्थ्य घुम्ती शिविरमा पशुहरूको स्वास्थ्य परीक्षण, भित्री तथा बाहिरी परजीवी विरुद्ध औषधि वितरण, बोकाको बन्ध्याकरण गरिएको राप्ती गाउँपालिका पशु सेवा शाखाका शेरबहादुर हमालले जानकारी दिए ।

वडागत रुपमा पशु सेवा शाखाले सेवा दिने उदेश्यका साथ पहिलो चरणमा गाउँगाउँमा गएर कार्य सुरु गरिएको छ । वडा नम्बर ६ मा पशु स्वास्थ्य घुम्ती शिविरमा ४ सय १३ पशुमा भित्री तथा बाहिरी परजीवी विरुद्ध औषधि वितरण गरिएको छ । १९ वटा बोकाको बन्ध्याकरण तथा ९ पशुको स्वास्थ्य चेक जाच गरिएको छ ।

पशुपालक कृषकको आवश्यकता तथा उच्चतम आम्दानी हुने गरी ज्ञान शिपको तालिम तथा अनुगमनलाई तिब्रता दिने, निःशुल्क बोका बन्ध्याकरण गर्ने शिविर तथा पशु स्वास्थ्य घुम्ती शिविर आगामी दिनमा वडा नम्बर ७ को जगपुर र वडा नम्बर १, २, ३, ४ र ९ मा सञ्चालन गरिने कार्यक्रम रहेको पशु सेवा प्राविधिक रिजाले जानकारी दिए ।

राप्ती गाउँपालिकामा नेपाली कांग्रेसले विजयी हासिल गरेको छ । स्थानीय तहमा करसहितका विभिन्न विवादहरू उत्पन्न भइरहेको बेला राप्ती गाउँपालिकाले जनताको घरदैलोमा पुगेर सेवा दिन थालेको हो ।

Published : Saturday, 2018 September 1, 12:43 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया