कम्युनिस्ट सरकारविरुद्ध चिकित्सकहरू आन्दोलित

काठमाडौं । नेपाल चिकित्सक संघले मुलुकी अपराध संहिता संशोधनको माग गर्दै कम्युनिस्ट सरकारविरुद्ध आन्दोलन घोषणा गरेको छ ।

संघले ऐन संशोधनको प्रक्रिया अघि नबढाएको, चिकित्सक तथा स्वास्थकर्मीमाथि आक्रमणका घटना बढेको भन्दै आन्दोलनमा जाने निर्णय गरेको हो । संघले आइतबार देशभरका स्वास्थ्य संस्थामा आकस्मिकबाहेकका सेवा बन्द गर्ने निर्णय पनि गरेको छ ।

संघले भदौ १८ गते प्रशासनिक काम बन्द गर्ने, १९ गतेदेखि आकस्मिक बाहेक अन्य अन्तरंग सेवामा विरामी भर्ना नलिने, २० गतेदेखि आकस्मिक बाहेक अन्य अपरेसनहरू बन्द गर्ने शुक्रबार जारी विज्ञप्तिमा उल्लेख छ ।

चिकित्सक संघले भदौ २१ गतेदेखि आकस्मिक बाहेक ल्याब तथा रेडियोलोजी सेवा बन्द गर्ने र २२ गतेदेखि माग पूरा नभएसम्म सेवा बन्द गर्ने चेतावनी दिएको छ ।

Published : Friday, 2018 August 31, 9:07 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया