भीम रावलको जिल्लामा कांग्रेसका वडाध्यक्षले गरे कसैले नसोँचेको काम

मंगलसेन । अछाम जिल्लाको मंगलसेन नगरपालिका वडा नम्बर ६ का वडाध्यक्षले सार्वजनिक विदा शनिवार पनि जनतालाई सेवा दिने निर्णय गरेका छन् ।

नेपाली कांग्रेसको तर्फबाट वडाध्यक्षमा जनकराज भण्डारीले वडा कार्यालयबाट शनिबार समेत सेवा दिन निर्णय गराएका हुन् ।

वडाध्यक्ष भण्डारीले जनतालाई विस्तारित सेवा दिन विदाको दिन कार्यालय संञ्चालन गर्न लागिएको बताएका छन् ।

वडाभित्रका शिक्षा, स्वास्थ्य, खानेपानी लगाएतका जनताका आवश्यकतालाई परिपूर्ति गर्न आफू क्रियाशील भएको वडाध्यक्ष भण्डारीले बताए ।

वडाध्यक्ष भण्डारीले केही समय अगाडि वडालाई निःशुल्क शिक्षा र पोषणयुक्त वडा घोषणा गराएका थिए ।

वडाको ठूलासैन बजारमा करीव १ साताअघि डिप बोरिङबाट पानी निकालेर वितरणको काम पनि वडाध्यष भण्डारीले गरेका छन् ।

Published : Friday, 2018 August 31, 12:20 pm

1 प्रतिकृया प्राप्त “भीम रावलको जिल्लामा कांग्रेसका वडाध्यक्षले गरे कसैले नसोँचेको काम”

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया