‘गिरिजाबाबुले हो मलाई प्रधानमन्त्री बनाएको, प्रचण्डले होइन’

काठमाडौं । सत्रारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पार्टीलाई विधि र विधानमा चलाउन आग्रह गरेका छन् ।

अध्यक्ष केपी ओलीको कार्यशैलीको आलोचना गर्दै नेता नेपालले पेलेर जान खोजे कार्यकर्ताले नमान्ने चेतावनी दिए । उनले भने, ‘विधि नमान्ने हो भने किन पार्टी चलाउने ? एक्लै चलाए हुन्छ पार्टी ।’

नेकपाभित्रको विवादलाई लिएर गलत समाचार आएको नेता नेपालको भनाइ थियो । ‘म त अचम्ममा परेको छु । समानान्तर पार्टी संगठन बनाउँदै छु भनेर समाचार आएका छन्’, उनले भने, ‘त्यस्तो केही पनि होइन । पार्टीमा असन्तुष्टि छन् ।’

प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाएको भनेर बेलाबेला दिने अभिव्यक्तिबाट नेता नेपाल रिसाएका थिए । वरिष्ठ नेता नेपालले जंगिदै भने, ‘कुरा ठिक्क राख्नुस् । प्रचण्डले मलाई प्रधानमन्त्री बनाएको होइन ।’

‘मेरो पार्टीको स्थायी समिति र गिरिजाप्रसाद कोइरालाले मलाई प्रधानमन्त्री बनाएको हो । प्रचण्डजीले प्रधानमन्त्रीबाट राजीनामा दिएपछि म प्रधानमन्त्री बन्ने परिवेश सिर्जना भएको हो’, उनले भने, ‘प्रचण्डजीले त मेरो राजीनामा मागेको हो । उहाँले मेरो विरुद्ध आन्दोलन नै गर्नुभएको थियो ।’

Published : Friday, 2018 August 31, 11:57 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया