आफैले हटाएका असक्ष्मलाई अध्यक्ष बनाउँदै मन्त्री बास्कोटा

काठमाडौं । नेपाल दूर सञ्चार प्राधिकरणाको अध्यक्ष पदका लागि १५ जनाबाट छनौट गरेर तीन जनाको नाम सिफारिस भएको छ । सूचना सञ्चार तथा प्रविधिमन्त्री गोकुल बास्कोटाले
आइतबार सिफारिस गरेका तीन जनामा पूर्वअध्यक्ष दिगम्बर झा, पूर्वसञ्चार सचिव सुशील घिमिरे र प्राधिकरणमै कार्यरत पुरुषोत्तम खनाल रहेका छन् ।

शेरबहादुर देउवा नेतृत्वको अघिल्लो सरकारले गरेको राजनीतिक नियुक्त खारेज भएसँगै पदच्यूतमा परेका तत्कालीन अध्यक्ष दिगम्बर झालाई पुनः प्राधिकरणको अध्यक्ष बनाउन चलखेल भएको छ । झाका पक्षमा एनसेल, स्मार्टसेललगायतका मोवाइल सेवा प्रदायक कम्पनीहरू लागि परेका छन् ।

झाले ग्रामीण दूरसञ्चार कोषको रकम व्यापक दुरुपयोग गरेको र यूटिएललाई ग्रामीण दूरसञ्चार कोष नियमावली २०६८ विपरित उक्त कोषको दुई अर्व एक करोड रुपैयाँ अनुदान दिएका थिए ।

निजी कम्पनी यूटिएलमा मुख्य स्वामित्व हाल उपेन्द्र महतोको रहेको छ । महतो पनि झालाई अध्यक्ष बनाएर टेलिकम क्षेत्रमा माफियाकरण गर्न चाहन्छन् ।

दूर सञ्चारको अध्यक्ष भएको बेलामा ६५ अर्व रावश्व तिर्न आनाकानी गर्दै आएको एनसेललाई फाइदा पुग्ने गरी काम गरेका झालाई पुनः अध्यक्ष बनाउन एनसेल सक्रिय भएर लागेको हो ।

देउवा नेतृत्वको सरकारले पनि झालाई पुनः दूर सञ्चारको अध्यक्ष बनाएको हुँदा उनलाई फेरि अध्यक्ष बनाइएको खण्डमा देशमा नियम कानुनको कुनै महत्व नहुने निश्चित छ । यसअघि बाबुराम भट्टराई नेतृत्वको सरकारमा सञ्चारमन्त्री रहेका राजकिशोर यादवले झालाई दूर सञ्चारको अध्यक्ष बनाएका थिए ।

Published : Thursday, 2018 August 30, 11:07 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया