वामदेवलाई रोक्न नेकपाभित्र नयाँ तमासा

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता वामदेव गौतमलाई डोल्पाबाट सांसद बनाउने चर्चा चलेसँगै रोक्न नारायणकाजी श्रेष्ठको पत्ता फालिएको छ ।

पुष्पकमल दाहाल ‘प्रचण्ड’को योजना र झलनाथ खनालको समर्थनमा अघि बढाउन खोजेका गौतमलाई केपी ओली र माधवकुमार नेपाल समूहले रुचाएको छैन ।

ओली र वरिष्ठ नेता नेपालले गौतमलाई अगाडि बढाउने aप्रचण्डको डिजाइनबाट आशंका जनाएका छन् । गौतमले गत साता सचिवालय बैठकमा आफू संसदमा आउनेसम्बन्धी विषयलाई छलफलका निम्ति प्रस्ताव गर्दै डोल्पाका प्रतिनिधिसभा सदस्य धनबहादुर बुढाले पदबाट राजीना दिन तयार रहेको बताएका थिए ।
a
नेताहरूले गौतमको कुरा सुने पनि निर्णयका निम्ति कसैले पनि तत्परता लिएनन् । वामदेवको प्रस्तावका विरुद्ध जाने आँट पनि कुनै नेताले गरेका छैनन् । सचिवालयको बैठक छोटो समयका लागि राख्ने र अन्य जरुरी महत्वका विषयमा छलफल भएको थियो ।

सचिवालयका नौ सदस्यमध्ये वामदेव गौतम र नारायणकाजी श्रेष्ठ मात्र सांसद छैनन् । गौतम बर्दिया १ बाट कांग्रेसका सञ्जय गौतमसँग पराजित भएका थिए । गोरखाबाट उम्मेदवार बनेका नारायणकाजी श्रेष्ठ डा.बाबुराम भट्टराईसँग पराजित भएका थिए ।

वामदेवले आफूलाई ओलीले पराजित गरेको बताउँदै आएका छन् । ओलीविरुद्ध अहिले बोल्दा झन् काम बिग्रने भएकोले गौतम यस विषयमा मौन छन् ।

नारायणकाजी श्रेष्ठलाई प्रचण्डको इसारामा चुनाव हराइदिएको बताइन्छ । श्रेष्ठलाई पराजित गर्न स्वयम् प्रचण्डका स्वकीय सचिवसमेत रहेका चूडामणि खड्कालाई विशेष रूपमा खटाइएका थिए ।
ओली र नेपाल समूहले गौतमलाई रोक्न नारायणकाजी श्रेष्ठलाई पनि अगाडि सार्न सक्ने स्रोतको भनाइ छ । गौतम सांसद बन्ने चर्चासँगै श्रेष्ठले पनि मुख मिठ्याएर सांसद बन्न लविङ गर्न थालेको आरोप छ ।

Published : Wednesday, 2018 August 29, 4:17 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया