भुँडी बोकेकी बाख्रीलाई बलात्कार

नयाँदिल्ली । भारत हरियाणाको मेवात क्षेत्रमा गर्भिणी बाख्रामाथि बलात्कार भएको छ । बलात्कारपछि बाख्रा मरेको खबर अन्तर्राष्ट्रिय स्तरमै चर्चामा छ ।

जुलाई २५ मा मेवातमा बाख्रामाथि बलात्कार भएको हो । घटना त्यसको चार दिनपछि मात्रै सार्वजनिक भयो ।

मेवात प्रहरी चौकीका प्रवक्ता जितेन्द्र कुमारका अनुसार यो घटनाको सम्बन्धमा उजुरी दर्ता भएको छ । प्रहरीले संविधानको धारा ३७७ तथा एनिमल क्रुएलिटी ऐनअनुसार उजरी दर्ता गरेको छ ।

घटना प्रहरीकोमा पुगेपछि बाख्राको पोस्टमार्टम भयो । पोस्टमार्टममा बलात्कार भएको भन्ने पुष्टि भएन । पोस्टमार्टम रिपोर्ट अनुसार आन्तरिक चोटका कारण बाख्रो मरेको छ । यो घटनामा अहिलेसम्म कसैलाई पनि पक्राउ गरिएको छैन । प्रहरी पवक्ता जितेन्द्रले घटनाको अनुसन्धान भइरहेको बताएका छन् ।

जनावरसँग गरिने यौन सम्बन्धलाई अंग्रेजीमा बेस्टिएलिटी भनिन्छ । यसको अर्थ अति क्रुर व्यवहार हो ।

अक्सफोर्ड डिक्सनेरीका अनुसार, कुनै पनि मानिस र जनावरबिच हुने यौन सम्बन्धलाई बेस्टिएलिटी भनिन्छ ।

भारतको नेशनल सेन्टर फर बायोटेक्नोलाजी, एनसिबिआईका अनुसार, कुनै पनि व्यक्तिले जनावरसँग यौन सम्पर्क गर्नु निकै गम्भीर विषय हो, तर जनावरमाथि भएका हिंसाका घटनाको उजुरीमा यस्तो कुरा कमै मात्र आएका छन् ।

हरियाणाको घटनाले सबैलाई आश्चर्यमा पारेको छ । जनावरमाथि बलात्कार भएको यो पहिलो घटना होइन । अमेरिकाको उत्तर–पूर्वी फ्लोरिडामा जनावरमाथि हुने यौन आक्रमणमा सबैभन्दा धेरै बाख्राकै प्रयोग हुने गरेको छ ।

१० वर्षको एक युवाले आफ्नो गोठमा रहेका दुई बाच्छीसँग यौन सम्बन्ध कायम गरे । एउटा बाच्छीको पछि मृत्यु भयो । फोरेन्टिक जाँच गर्दा बाच्छीमा मानिसको शुक्राणु भेटियो । पछि ती युवकलाई पछि पक्राउ गरियो, तर उनमा कुनै किसिमको पछुतो थिएन ।

युरोपेली देशहरू नेदरल्याण्ड्स, फ्रान्स, स्वीट्जरल्याण्ड, डेनमार्क, जर्मनीसहितका देशमा यो प्रतिबन्धित छ । बेलायतमा सन् २००३ मा कानुन परिवर्तन गरी आजीवन जेल सजायलाई घटाएर दुई वर्ष बनाइयो । हंगेरी र फिनल्याण्डमा अझै पनि यसलाई अपराध मानिएको छैन ।

एनसिबीको रिपोर्ट अनुसार यस्तो दुष्कर्ममा त्यस्ता व्यक्ति सामेल हुन्छन्, जसको जीवन असन्तुलित छ ।

घरेलु हिंसा र तनावका बिच बाल्यकाल बिताएका, बाल्यकालमा यौन हिंसाको चपेटामा परेका व्यक्ति यस्तो कार्यमा संलग्न हुने खतरा बढी रहन्छ ।

यस्तो खालको असामान्य यौन क्रियाकलापलाई प्यारिफिलिया भन्ने गरिएको साइकोलोजिस्टले बताएका छन् ।

Published : Tuesday, 2018 July 31, 6:55 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया