राजपाको बोल्ड प्रस्ताव, अब हुनेछ मधेसमा टक्कर

काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपालमा महाधिवेशनपछि अध्यक्षमण्डल नराख्ने प्रस्ताव आएको छ । यो प्रस्ताव पारित भयो भने राजपाले मधेसमा शक्तिशाली स्थान बनाउन सहयोग मिल्नेछ ।

मधेस केन्द्रित ६ दल मिलेर राजपा गठन गर्दा सबै दलका अध्यक्षहरूलाई समेटेर अध्यक्षमण्डल बनाइएको थियो । महन्थ ठाकुर अध्यक्षमण्डलका संयोजक छन् ।

राजपाले आगामी वैशाखमा महाधिवेशन गर्ने तयारी छ । काठमाडौंमा बसेको राजनीतिक समितिको बैठकमा पार्टीको विधान पेश भएको एक नेताले बताए । जसमा महाधिवेशनपछि अध्यक्षमण्डल नराख्ने उल्लेख छ ।

विधान मस्यौदा समितिका सदस्य वृषेशचन्द्र लालले विधान प्रस्तुत गरेका थिए । महासचिव केशव झाका अनुसार अध्यक्ष मात्र राख्ने प्रस्तावमा लगभग सबैको सहमति छ ।

बैठकमा संसदीय दलको विधान, पार्टीका तल्लो समितिहरूको अधिवेशन लगायतका विषयमा पनि छलफल भएको उनले बताए । महासचिव झाले भने, ‘महाधिवेशनबाट नयाँ र छरितो समिति आउनेछ । त्यसपछि संगठन गर्न सजिलो हुनेछ ।’

Published : Friday, 2018 July 6, 11:45 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया