चीनबाट मान्छे चढ्ने रेल आउँदैनः कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले ठोस आधार नभइ चीनबाट नेपालमा रेल आउन नसक्ने टिप्पणी गरेका छन् ।

नेपाली रेडियो नेटवर्कमा सोमबार बिहान कुरा गर्दै नेता विश्वकर्माले चीनबाट नेपाल आउने रेलको लागत अत्यन्तै महँगो हुने बताए । ‘ठाेस आधार नभइ चीनबाट रेल नेपाल आउन सक्दैन’, उनले भने, ‘भौगोलिक विकटताका कारण रेल ल्याउन कठिनाइ रहेको छ ।’

प्रधानमन्त्री ओलीप्रति व्याङ्ग्य गर्दै कांग्रेस नेता विश्वकर्माले भने, ‘चीनबाट मान्छे चढ्ने रेल आउन वर्षौं लाग्छ । खेलौना रेल आउला !’ रेल ल्याउँदा सुरुङ निर्माण गर्नुपर्ने बताएका विश्वकर्माले भने, ‘चीनले बजार, आर्थिक सम्भावना लगायतका कुरा नबुझेर रेलमा लगानी गर्दैन । चीन धेरै बाठो छ ।’

कांग्रेस नेता विश्वकर्माले रेल नेपालको आवश्यक्ता भए पनि चीनबाट आउने रेलबाट नेपाललाई के फाइदा हुन्छ भनेर पनि ध्यान दिनुपर्ने बताए ।

नेपालको अहिले आवश्यक्ता भनेको गाउँगाउँलाई जोड्नो सडक र बाटोहरू रहेको बताए । प्रधानमन्त्री ओलीले रेलको विषयलाई नारा र हसिमजाक मात्रै बनाएको उनले आरोप लगाए ।

Published : Monday, 2018 June 25, 11:33 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया