सभापतिहरूको सुझावले कांग्रेस शीर्ष नेतृत्व दङ्ग, हट्ने भयो मतभेद

काठमाडौं । नेपाली कांग्रेसका जिल्ला सभापतिहरूले कांग्रेसभित्रको आन्तरिक विवादलाई अन्त्य गरेर पार्टीलाई एकतावद्ध बनाइ लैजान दवाव दिएका छन् ।

हेटौँडामा जारी दोस्रो दिनको बन्दसत्रमा धारणा राख्ने सभापतिहरूले शीर्ष नेताहरूलाई मिल्न सुझाव दिएका हुन् । सभापतिहरूले व्यक्तिगत मतभेदलाई अन्त्य गरेर कांग्रेसको संस्थागत हितमा काम गर्नुपर्ने बताएका छन् ।

सभापतिहरूले नेपाली कांग्रेस कमजोर हुँदा राष्ट्रियता र लोकतन्त्र कमजोर हुने बताए । कांग्रेसले आफूलाई व्यवस्थापन गर्न नसक्दा कम्यनिस्टहरूले निर्वाचनमा बहुमत ल्याएको उनीहरूको भनाइ छ ।

कांग्रेसका सभापति शेरबहादुर देउवाको अध्यक्षतामा असार ५ गतेदेखि शुरु भएको जिल्ला सभापतिहरूको राष्ट्रिय भेला संगठन, विधान र समसामयिक मुद्दाका विषयमा केन्द्रित रहेको छ । बन्दसत्रमा वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा.शशांक कोइरालासहितका शीर्ष नेताहरूले सभापतिहरूको सुझाव सनेका थिए ।

बिहीबारको बन्दसत्रमा ३४ जना सभापतिह–ले धारणा व्यक्त गरेको विज्ञप्तिमा उल्लेख छ ।

ओखलढुंगाका प्रदीपकुमार सुनुवार, रसुवाका पेम्बा छिरिङ तामाङ्ग, सिन्धुलीका उज्जवलप्रसाद बराल, मनाङका टेकबहादुर गुरुङ, काठमाडौंका कृष्णसवुज वानियाँ, डोटीका प्रदीप देउवा, सल्यानका गणेश चन्द, झापाका उद्धव थापा, हुम्लाका जयपति रोकाय, मोरङका डिगबहादुर लिम्वू, जुम्लाका दिपबहादुर शाही, संखुवासभाका दिपनकुमार श्रेष्ठ, गुल्मीका भुवन श्रेष्ठ, प्यूठानका अमरप्रसाद भण्डारी, डडेल्धुराका कर्णबहादुर मल्ल, अछामका भरतबहादुर स्वाँर, कपिलवस्तुका सुरेन्द्रराज आचार्य, रोल्पाका अमरसिंह पुन, बाँकेका किरण कोइराला, धनुषाका महेशशंकर गिरीले बन्दसत्रमा धारणा राखेका थिए ।

त्यसैगरी सिरहाका रामचन्द्र यादव, काभ्रेपलाञ्चोकका मधु आचार्य, तनहुँका कार्यवाहक सभापति जीतप्रकाश आले, अर्घाखाँचीका विष्णुप्रसाद खनाल ‘मुस्कान’, दैलेखका कृष्णकुमार बी.सी., रौतहटका कृष्णप्रसाद यादव, मुगुका खड्कबहादुर शाही, बाराका जयचन्द्र चौरसिया, बझाङका हर्कजंगबहादुर सिंह, महोत्तरीका महेन्द्रकुमार राय, भक्तपुरका दुर्लभ थापा, पर्साका अजयकुमार द्विवेदी, रुकुम (पूर्वी) का संयोजक केशरमान रोक्का र मकवानपुरका ईन्द्रबहादुर वानियाँले धारणा राखेका थिए ।

बन्दसत्रमा धारणा राख्ने क्रम सम्पन्न नभएकाले असार ८ गते शुक्रबार बिहान साढे ८ बजे पुनः बैठक बस्नेछ ।

Published : Thursday, 2018 June 21, 7:26 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

फेसबुकबाट तपाईको प्रतिक्रिया