छोरीका स्तनबाट डोनाल्ड ट्रम्प चिन्तित

लसएञ्जलस । अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्नी छोरी इभान्कालाई स्तन प्रत्यारोपण गर्न दवाव दिने गरेको खुलासा भएको छ ।

हालै प्रकाशित पुस्तक ‘बोर्न ट्रम्पः इन्साइड अमेरिकाज फर्स्ट फेमिली’मा यस्तो खुलासा भएको हो । लेखिका एमिली जेन फक्सलको यो पुस्तकमा इभान्का किशोरावस्थादेखि नै मोडल बन्ने चाहना राख्ने लेखिएको छ ।

इभान्काले मोडलिङका लागि वर्षको लगभग ५० लाख रुपैयाँ खर्च गर्ने गरेको पुस्तकमा छ । डोनल्ड र उनको परिवारका बारेमा धेरै कुरा लेखिएको छ ।

छोरीको मोडलिङ चाहनालाई ट्रम्पले प्रोत्साहन गर्ने गरेका थिए । उनी इभान्काले स्तन प्रत्यारोपण गरोस् भन्ने चाहेका थिए । यसबाट मोडलिङलाई फाइदा पुग्ने उनको विश्वास थियो ।

ट्रम्पले इभान्कालाई यसका लागि दवाव दिएपछि ट्रम्पकी बहिनी मेरियानले फोन गरेर स्तन प्रत्यारोपण गर्दा इभान्का बर्बाद हुने बताएकी थिइन् । एजेन्सी

Published : Thursday, 2018 June 21, 2:59 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया