फुटबलर मेसी बद्मासीमा संलग्न

लण्डन । खोज पत्रकारहरूको अन्तर्राष्ट्रिय समूह (आइसिआइजे)ले बुधबार राति सार्वजनिक गरेको पनामा पेपर्स– २ मा अर्जेन्टिनी फुटबलर लियोनल मेसी पनि परेका छन् ।

दुई वर्षअघि पहिलो पटक पनामा पेपर्स सार्वजनिक हुँदा पनि मेसी कर छलीमा संलग्न भएको उल्लेख गरिएको थियो ।

आइसिआइजेले मोसेक फोन्सेका नामको बिचौलिया ‘ल’ फर्मबाट पाएको कागजातमा मेसी र उनका बुवा जोर्जे होरासियो मेसी कर छलीमा संलग्न भएको खुलेको जनाएको हो ।

दुई वर्षअघि पनामा पेपर्समा मुछिएपछि मेसीमाथि स्पेनले छानबिन गरेको थियो । मेसीले कर छल्न प्रयोग गर्ने भनिएको अफसोर कम्पनी मेगा स्टार इन्टरप्राइजेज पूर्ण निष्क्रिय भएको प्रतिक्रिया दिएका थिए ।

बार्सिलोनामा व्यावसायिक फुटबल खेल्ने मेसीलाई स्पेनको एक अदालतले २१ महिना जेल सजाय झन्डै २४ करोड रुपैयाँ (२ मिलियन युरो) जरिवाना पनि तोकेको थियो । एजेन्सी

Published : Thursday, 2018 June 21, 2:41 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया