पूर्व खेलकुदमन्त्री महर्जनद्वारा एसियन मिक्स मार्शल आर्टमा प्रतिस्पर्धा गर्ने नेपाली टोलीलाई बिदाइ
काठमाडौं । मलेसियामा हुन लागेको गामा एसियन च्याम्पियनसिशप प्रतियोगितामा भाग लिन प्रस्थान गर्न लागेका खेलाडी र अफिसियलहरूलाई बागमती प्रदेशका पूर्व युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जनले जीतको शुभकामनासहित बिदाइ गरेका छन् ।
मलेसिया एसोसिएसन (एमएएसएमएमएए)को निमन्त्रणामा मलेसियाको राजधानी कोलालम्पुरमा गामा (एमएमए) एसियन च्याम्पियनसिप हुन लागेको छ । प्रतियोगितामा प्रतिस्पर्धा गर्नका लागि ललितपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष तथा मिक्स मार्शल आर्ट गामा नेपालका अध्यक्ष विनोद महर्जनको नेतृत्वमा खेलाडीहरू मेलेसिया प्रस्थान गरेका छन् ।
उनीहरूलाई खादामाला लगाइदिएर पूर्व खेलकुदमन्त्री महर्जनले जीतको अग्रिम शुभकामना दिएका छन् । पूर्वमन्त्री महर्जनले खेलकुद र खेलाडीहरूले मात्रै नेपाललाई विश्वसामु सहज रुपमा चिनाउन सक्ने बताए । पूर्वमन्त्री महर्जन पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय थुप्रै प्रतियोगिता जितेर गोल्ड मेडल विजेता खेलाडी हुन् ।
यहि जुलाई २८ देखि अगष्ट २ तारिखसम्म संचालन हुने च्याम्पियनसिपमा प्रकृति राई, रचना सिल्वाल, एलिस भोम्जन, सन्नेसिंह सुनारले प्रतिस्पर्धा गर्नेछन् ।
अफिसियलतर्फ सागर चित्रकारराज महर्जन र उमेश महर्जन रहेका छन् । खेलाडी तथा अफिसियलहरूलाई पूर्वमन्त्री महर्जनले विदेशी भूमिमा अनुशासितरुपमा प्रतिस्पर्धा गरि मेडल जितेर विश्वसामु देशको इज्जत बढाउन आग्रह गरेका छन् ।
प्रतियोगितामा २२ राष्ट्रको सहभागिता रहने टोली नेता विनोद महर्जनले बताएका छन् ।
बिचार/ब्लग
देशमा के भइरा’छ भन्ने बुझ्ने सुधन मात्र हो, कप्तानगञ्जमा बत्ति निभेको बेला गोली चल्यो
प्रकाश तिमल्सिना, पत्रकार

फेसबुकबाट तपाईको प्रतिक्रिया