रोनाल्डोको टाउकोले राख्यो नयाँ रेकर्ड

काठमाडौं । रुस विश्वकपअन्तर्गत समूहगत चरणको आजको आफ्नो पहिलो खेलमा मोरक्कोविरुद्व पोर्चुगल १–० गोलले विजयी बनेको छ ।

खेलको ४ औं मिनेटमा कप्तान समेत रहेका पोर्चुगलका क्रिस्टियानो रोनाल्डोले हेडमार्फत गोल गरेका थिए । रोनाल्डोले गरेको उक्त गोल नै निर्णायक बन्यो । मोरक्को अन्तिम खेल अगाडि नै विश्वकपको समूह चरणबाटै बाहिरिएको छ ।

मोरक्कोविरुद्व पहिलो गोलसँगै स्टार खेलाडी रोनाल्डोले एउटा नयाँ किर्तिमान भंग गरेका छन् । उनी युरोपेली राष्ट्रहरुमध्ये सर्वाधिक गोलकर्ता बनेका छन् भने अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोल गर्ने खेलाडीको सूचिमा दोस्रो स्थानमा उक्लिएका छन् ।

रोनाल्डोले पहिलो खेलमा स्पेनविरुद्ध ह्याट्रिक गरेका थिए । स्पेनविरुद्ध ह्याट्रिकसँगै उनले हंगेरीका फ्रेरेन्क पुस्कासको ८४ अन्तर्राष्ट्रिय गोलको किर्तिमान बराबरी गरिसकेका थिए ।

रोनाल्डोको यो गोलसँगै युरोपियन टोलीका तर्फबाट सबैभन्दा धेरै गोल गर्ने खेलाडी बन्नेछन् । पुस्कासलाई उछिनेपछि रोनाल्डोको टार्गेट अब पोर्चुगलका लागि १ सय गोल हुनेछ ।

इरानका पूर्व फरवार्ड अली देईले राष्ट्रिय टोलीका लागि १०९ गोल गरेका थिए । रोनाल्डो त्यसबाट मात्र २५ गोल टाढा छन् । यदी उनले यो फर्मलाई केही वर्ष जारी राखे भने उनले पक्कै पनि त्यो किर्तिमान भेटाउन सक्नेछन् । एजेन्सी

Published : Wednesday, 2018 June 20, 8:21 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया