केपी ओलीले बेइजिङमा पनि देखाए सत्ताको चुरीफुरी

बेइजिङ । प्रधानमन्त्री केपी ओलीले नेपालमा बहुमतको स्थायी सरकार बनेको भन्दै चिनियाँ व्यापारी र सरकारलाई लगानी गर्न आह्वान गरेका छन् ।

चीनको भ्रमणमा रहेका ओलीले बुधबार बिहान बेइजिङमा सम्बोधन गर्दै नेपालमा राजनीतिक स्थिरता कायम भएको बताए ।

‘मेरो नेतृत्वमा कम्यनिस्टहरूको स्थायी सरकार बनेको छ’, उनले भने, ‘तपाईहरू डराउनु पर्दैन । निर्धक्कका साथ लगानी गर्नुस् ।’

प्रधानमन्त्री ओलीले नेपाल सुशासन र विकासको बाटोमा अगाडि बढेको बताए । उनले छिमेकीहरूको सहयोग लिएर विकास गर्न चाहेको बताए ।

नेपालमा मजदुरहरूको कुनै समस्या नरहेको भन्दै ओलीले सस्तैमा मजदुरहरूले काम गर्ने बताए । ‘मजदुरहरूको ज्याला पनि धेरै महँगो छैन’, उनले भने, ‘बन्द हड्तालको समस्या पनि छैन ।’

Published : Wednesday, 2018 June 20, 11:05 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

फेसबुकबाट तपाईको प्रतिक्रिया