राजपाको अध्यक्षमण्डल बिघठन गर्न दवाव
काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)को अध्यक्षमण्डललाई बिघठन गर्न माग उठेको छ ।
राजपाको राजनीतिक समितिको काठमाडौंमा सोमबारदेखि शुरु भएको बैठकमा धारणा राख्ने केही सदस्यहरूले अध्यक्षमण्डल विघठनको माग गरेका हुन् ।
अध्यक्षमण्डल राजपाको सबैभन्दा शक्तिशाली निकाय हो । अध्यक्षमण्डलमा पर्न नसकेका केही नेताहरूले यो निकायलाई रुचाएका छैनन् ।
तत्कालीन नेता हृदयश त्रिपाठी, बृजेशकुमार गुप्तासहितका नेताहरूले पनि अध्यक्षमण्डल विघठनको माग गरेका थिए । उनीहरूको मागको सुनुवाइ नभएपछि एमालेतिर सल्किएका थिए ।
बैठकमा बोल्ने केही नेताहरूले अध्यक्षमण्डल विघटन गरी महाधिवेशनको मिति तोक्ने नेतृतवलाई सुझाव दिएका थिए ।
सहअध्यक्ष लक्ष्मणलाल कर्णले अध्यक्ष मण्डलको मोनोपोलीमाथि प्रश्न उठाए । उनले निर्वाचन आयोगको पत्रका विषयमा पनि बैठकमा जानकारी गराएका थिए ।
उपाध्यक्ष बृषेशचन्द्र लालले पनि अध्यक्षमण्डल तानाशाही भएको आरोप लगाए । पार्टी लथालिंग रहेको र अध्यक्षमण्डल आफैमा अस्तव्यस्त रहेको टिप्पणी गरे ।
उपाध्यक्ष नरसिंह चौधरीले अध्यक्षमण्डलको घेरामा राजपा नेपाल परेको भन्दै आक्रोश व्यक्त गरे । अध्यक्षमण्डलका कारण आफूहरू कसैको बन्धनमा बाँधिएको जस्तो महसुस भइरहेको चौधरीले बताए ।
Hn..Shmahand thakur is an ideal role model&a statue of sacrify . Withoutany conflict&election…. he must be the chair man of the party. Rest should be deputychair man. Theirs seniority is to becounted accordance with thier vision… rationality and winner candidates of last election.