सदस्यता लिएर कांग्रेसलाई भोट नहाल्नेहरू अपराधी हुन्: देउवा

धनगढी । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका आधिकारिक उम्मेदवारलाई भोट नहाल्नेहरूको क्रियाशील सदस्यता खारेज गर्ने बताएका छन् । उनले कांग्रेसका अन्तरघातीहरूलाई हदैसम्मको कारबाही गर्ने बताए ।

शुक्रबार कैलाली कांग्रेसको जिल्ला अधिवेशनको उद्घाटन कार्यक्रममा सभापति देउवाले पार्टीलाई पुरानै अवस्थामा फर्काएर मात्र विश्राम लिने बताए ।

देउवाले कांग्रेसले अन्तरघातकै कारण कांग्रेसले २५ देखि ३० सिट गुमाएको बताए । हारको मुख्य कारण अन्तरघात भएको भन्दै उनले उनीहरूलाई कारबाही गरिछाड्ने बताए ।

टिकट नपाउनासाथ पार्टीका उम्मेदवारलाई हराउन लाग्ने हो भने पार्टी अघि बढ्न नसक्ने उनको धारणा छ । ‘अन्याय भएको छ भने लड्ने आफ्नो ठाउँ छ । पार्टीलाई नै हराएर को बहादुर भएको छ ?’, देउवाले भने ।

कांग्रेस सभापति देउवाले अन्तरघातीलाई कारबाही नगर्ने हो भने पार्टी नै भंग गरिदिए हुने टिप्पणी गरे । पार्टी सदस्य भएर पनि भोट नहाल्नेहरू अपराधी भएको भन्दै देउवाले उनीहरूको सदस्यता खारेज गर्ने चेतावनी दिए ।

Published : Friday, 2018 June 8, 6:11 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया