जी हजुरी गरेर ओलीले सबै भारतलाई बुझाएः सभापति देउवा

धनगढी । प्रमुख विपक्षी दलका नेता एवम् कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी ओली भारतसँग झुकेर सबै कुरा दिएको आरोप लगाएका छन् ।

नेपाली कांग्रेस कैलालीको जिल्ला अधिवेशनको शुक्रबार उद्घाटन गर्दै सभापति देउवाले भारतको ‘जि हजुरी’ गरेर नेपालका सबै अधिकार दिएको आरोप लगाए ।

आफू प्रधानमन्त्री हुँदा गौरीफन्टा नाका खोल्ने सहमति गरेको बताएका देउवाले भने, ‘गौरीफान्टा नाका बन्द गर्ने षड्यन्त्र भएको छ, यो हामी कुनै हालतमा मान्दैनौं ।’

देउवाले प्रधानमन्त्री ओली ‘राष्ट्रवादी होइन, लम्पसारवादी’ भएको आरोप लगाए । उनले भने, ‘भारतको जि हजुरी गरेर सबै भारतलाई बुझाउने काम गरेका छन् ।’

देउवाले आफ्नो सरकारका पालामा सुरु भएको किड्नी, इस्पाइल इन्जुरीका विरामीलाई भत्ता दिने र ६५ वर्षमा वृद्धभत्ता दिने निर्णय खारेज गरेर ओलीले बदमासी गरेको आरोप लगाए ।

मुलुकमा कम्युनिष्टको शासन शैली देखिइसकेको भन्दै देउवाले जबर्जस्ती आफ्नो विचार लाद्ने षड्यन्त्र भइरहेको बताए ।

Published : Friday, 2018 June 8, 6:01 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया