‘नेकपा’ले यसरी गर्दै छ बद्मासी, कांग्रेसका प्रदीप पौडेलले गरे पर्दाफास

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले सत्तारुढ दल नेकपाका कारण संसद सञ्चालन नियामावली पारित हुन ढिलाई भैरहेको आरोप लगाएका छन् ।

बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा नेता पौडेलले सत्तारुढ दलकै कारण नियामावली पारित हुन नसकेको बताएका हुन् । पौडेलले फौजदारी अभियोग लागेका सांसदलाई निलम्बन गर्ने व्यवस्थासहित संघीय संसदको दुवै सदनमा विचाराधीन संसद नियमावली पारित गर्न दुई तिहाई बहुमत प्राप्त सरकारलाई कसले रोक्यो भनि प्रश्न गरे ।

पौडेलले फौजदारी अभियोग लागेका सांसदलाई निलम्बन गर्ने व्यवस्था संसद नियमावलीमा नभई कानूनमै व्यवस्था गर्न पनि सरकारको गम्भीर ध्यानाकर्षण गराए । अदालतले संसदको नियामावली नचिन्ने बताउँदै उनले अदालतले नै चिन्ने गरी निलम्बन गर्ने व्यवस्था गर्न उनको माँग थियो ।

उनले भने, ‘कांग्रेस अपराधी, बलात्कारीको बचाउ गर्न लागेको होइन, नेकपालाई आफूले चाहेको काम गर्न संसदमा अवरोध गर्ने स्थिति छैन, उहाँहरूसँग दुई तिहाई बुहमत छ, नियामावली पारित गर्न कसले रोक्यो ? कांग्रेसले नचाहेरेर नियामावली रोकिएको होइन् ।’

सरकारले संविधान संशोधनको नाममा मुलुकमा राजनीतिक अस्थिरता ल्याउन चाहेको नेता पौडेलको आरोप छ । उनले भने, ‘संविधान संशोधनबारे पहिले र अहिलेको विषय फरक छ, ओली सरकार अहिलेसम्म इतिहाँसकै शक्तिशाली सरकार हो, उहाँसँग दुई तिहाई छ, हुन त विपीको पनि दुई तिहाईको सरकार थियो । तर उहाँको लागि शक्तिशाली राजा बाधक थिए, विपीले काम गर्न खोज्दा राजाले कु गरेर हटाइदिए, तर अहिले ओलीलाई त्यस्तो अवस्था छैन् ।’

वर्तमान सरकारको कारण अहिले नयाँ खाले बहस चर्चामा आएको समेत उनले बताए । उनले भने, ‘निर्वाचनभन्दा पहिले अर्कै कुरा, अहिले बहुमत ल्याएपछि उहाँहरूलाई कार्यकारी राष्ट्रपति किन चाहियो ? मुलुकलाई नयाँ बाटोतर्फ किन लैजान खोजिँदैछ ? हाम्रो प्राथमिकता त समृद्धि र सुशासन हो ।’

Published : Wednesday, 2018 June 6, 6:35 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया