ओलीको बहुमतको दम्भ कांग्रेसले भाँच्छः विश्वप्रकाश शर्मा

रुकुम । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले अहिलेको सरकार संघीयताप्रति गम्भीर नभएको आरोप लगाएका छन् ।

पूर्वी रुकुमको सदरमुकाम सिस्ने गाउँपालिका–३ पोखरामा सोमबार आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले प्रधानमन्त्रीकै पार्टीका मन्त्रीहरूले यो कुराको पुष्टि गरेको बताए ।

सरकारले प्रस्तुत गरेको बजेट र निर्णयमा केन्द्रीयता लादिएको भन्दै मुख्य मन्त्रीहरूले अभिव्यक्ति दिइरहेको शर्माको भनाइ थियो ।

‘संघीयता शक्तिको अधिकतम विन्यास हो’, उनले भने, ‘तर प्रधानमन्त्रीकै पार्टीका मन्त्रीहरू अहिलेको बजेट र सरकारका निर्णयमा केन्द्रीयता लादिएको अभिव्यक्ति दिइरहेका छन् ।’

सरकारले नारा वायुपंखी घोडाको दिने तर कामको पारा भने बयलगाडाको रहेको टिप्पणी गर्दै प्रवक्ता शर्माले सरकारलाई कांग्रेसले रचनात्मक र सिर्जनात्मक प्रतिपक्षको भूमिकामा सहयोग गरिरहेको बताए ।

कम्युनिस्ट प्रधानमन्त्री केपी ओलीले कांग्रेसको भूमिकालाई कमजोर देख्ने र बहुमतको दम्भले जे गरे पनि जे बोले पनि हुने मनःस्थिति पालिरहे कांग्रेस कडारूपमा प्रस्तुत हुने उनले चेतावनी दिए ।

Published : Monday, 2018 June 4, 6:14 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया