नेपालमाथि चीनको अघोषित नाकाबन्द कहिले खुल्छ ?

काठमाडौं । भारतले नेपालमा नाकाबन्दी लगाएका बेला पनि तातोपानी नाका बन्द गरेर झनै नाकाबन्दी थपेको चीनले शक्तिशाली कम्युनिस्ट प्रधानमन्त्री केपी ओलीलाई हरसम्भव आकर्षणहरू देखाएर प्रभावमा पार्ने प्रयास गरेको छ ।

चीनले सामुद्रिक बन्दरगाह प्रयोगमा भारतसँगको एकल निर्भरता अन्त्य गर्न नेपाललाई सुझाव दिएको छ । अहिले पनि चीनले नेपालप्रति अघोषित रुपमा नाकाबन्दी लगाउँदै आएको छ । चीनले तातोपानी नाका खोल्ने पक्षमा कुनै चासो देखाएको छैन । रसुवाको नाका पनि विभिन्न भौगोलिक कठिनाइले राम्रोसँग चल्न सकेको छैन । यस्तो अवस्थामा ओलीले चीनको भ्रमण गर्न लागेका छन् ।

ओलीको आसन्न चीन भ्रमणमा चिनियाँ बन्दरगाहरू तियान्जिन, ग्वान्जाओ र सांघार्इ बन्दरगाहबाट आयात तथा निर्यात गर्ने विषयमा सम्झौता गर्ने तयारी गरिएको छ । चीनले दिने अनेक प्रस्ताव र प्रलोभनमा पर्नुका साटो ओलीले चीनको अघोषित नाकाबन्दी हटाउनुपर्छ । चीनले यसबारेमा स्पष्ट भन्नुपर्छ भनेर धेरै वुद्धिजीवीहरूले सुझाव दिएका छन् ।

चीनसँग सम्झौता भए बन्दरगाह प्रयोगमा भारतको एकाधिकार समाप्त हुनेछ । भूपरिवेष्टित नेपाल अहिलेसम्म तेस्रो देशबाट सामान आयात र निर्यात गर्न भारतकै बन्दरगाहमा निर्भर छ ।

२०७२ असोजमा भारतले नेपालमाथि नाकाबन्दी लगाउँदा भारतसहित तेस्रो देशसँग हुने आयात–निर्यात पनि ठप्प भएको थियो ।

नाकाबन्दी लगत्तै चीन पुगेका प्रधानमन्त्री ओलीले पारवहन तथा यातायात सम्झौता गरेर फर्किएका थिए । सोहीअनुसार उनको दोस्रो भ्रमणमा बन्दरगाह प्रयोगको सम्झौता हुन लागेको हो ।

नेपालले प्रदेश ७ को बझाङ र दार्चुलालाई प्राथमिकतामा राखेर प्रस्ताव गर्ने तयारी गरेको हो । गोरखा, दोलखा र मुगुलाई चीनसम्म जोड्ने गरी संयुक्त सम्भाव्यता अध्ययन गर्ने समझदारी भएको छ ।

Published : Monday, 2018 June 4, 10:19 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया