अन्तर्राष्ट्रिय रेफ्री धौबडेललाई रोक्न लाखेको ठूलो डिजाइन

काठमाडौं । नेपाल ओलम्पिक कमिटी र नेपाल कराते महासंघको नेतृत्वमा रहेका सीमित व्यक्तिको स्वार्थका कारण अन्तर्राष्ट्रिय करातेका रेफ्री प्रकाश मोहन धौबडेललाई ठूलो अन्याय भएको छ ।

आगामी भदौ महिनामा इण्डोनसियामा एसियाली करोत खेल हुँदै छ । त्यो खेलमा रेफ्रीका लागि एसियाली कराते महासंघले धौबडेललाई नेपालबाट प्रतिनिधित्व गरेर रेफ्रीमा छनौट गरेको थियो ।

तर, कराते महासंघका अध्यक्ष लाखेले आफ्ना दुईजना व्यक्तिलाई पठाउन धौबडेलका विरुद्ध नानाभाँती लेखेर पत्र पठाइदिएपछि कराते महासंघले नबोलाउने निर्णय गरेको छ ।

स्रोतका अनुसार करातले महासंघका अध्यक्ष लाखेले एसियाली कराते प्रतियोगिताको रेफ्रीमा आफू निकटका रेफ्री विशम मोते र डि.आर. मिश्रलाई पठाउन खोजेका छन् । तर, यी दुईलाई एसियाली कराते महासंघले स्वकृति दिएको छैन ।

नेपालका एक मात्र अन्तर्राष्ट्रिय लाइसेन्स प्राप्त रेफ्री धौबडेललाई आयोजक एसियाली कराते महासंघले इमेल पठाएर कागजपत्र मागेको थियो । तर, कराते महासंघका अध्यक्ष लाखेले धौबडेललाई कारबाही गरेको भन्दै झुठ्ठा पत्र पठाएपछि समस्या उत्पन्न भएको हो । लाखेको यो योजनामा ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले पनि साथ दिएको आरोप छ ।

इण्डोनिशियामा हुन लागेको एसियन गेमको लागि कराते खेलमा एसियाबाट १८ देशको रेफ्रीमध्य आयोजकले धौबडेल छनौट गरेको थियो ।

नेपाल ओलम्पिक कमिटी र अन्तर्राष्ट्रिय मन्यता प्राप्त कराते महासंघले धौबडेललाई ‘यो व्यक्ति हाम्रो ओलम्पिक कमिटी र अन्तर्राष्ट्रिय मान्यता प्राप्त कराते महासंघसंग आबद्द छैन, यस्लाई कार्बाही गरिसके भनेर पत्रचार गरेको’ आरोप धौबडेलले लगाएका छन् ।

कराते खेलमा भएको यति ठूलो राजनीति र एकअर्काको खुट्टा तान्ने प्रवृत्तिले खेलाडी र खेलमा प्रभाव पर्ने धौबडेलले बताएका छन् ।

धौबडेलले यस विषयमा राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिवसँग कुरा गर्न चाहेका छन् । तर, सदस्य सचिवले यस विषयमा चासो नदिएको धौबडेलको गुनासो छ ।

Published : Sunday, 2018 May 6, 11:56 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया