कम्युनिष्टहरूको कार्यक्रममा ओलीले सम्झिए देउवालाई

काठमाडौं । प्रधानमन्त्री एवम् एमालेका अध्यक्ष केपी ओलीले पार्टी एकीकरणको मार्गबाट पछाडि हट्ने अवस्था नरहेको बताएका छन् ।

लेनिन दिवस एवम् कम्युनिष्ट पार्टी स्थापना दिवसका अवसरमा आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा ओलीले पार्टी एकीकरणबाट भाग्न नमिल्ने गरेर चेपुवामा परेको बताए ।

‘जुत्ता सानो भयो भने पनि खुट्टा ताछतुछ गरेर मिलाउनुपर्छ’, उनले भने, ‘हो त्यही अवस्थामा पार्टी एकीकरणको कुरा आइपुगेको छ ।’

नेपाली कांग्रेस र सभापति शेरबहादुर देउवाको आलोचना गरेका ओलीले भने, ‘प्रधानमन्त्रीविरुद्ध कति बोल्न सकेको हो ? प्रधानमन्त्रीविरुद्ध पत्रकारले केही लेख्न सकेका छैनन् ? कांग्रेसले पत्रकारहरूको अपमान गरेको छ ।’

Published : Sunday, 2018 April 22, 6:21 pm

1 प्रतिकृया प्राप्त “कम्युनिष्टहरूको कार्यक्रममा ओलीले सम्झिए देउवालाई”

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया