कुखुराका यति ठूला खुट्टा ?

भियतनाम । के तपाइँले अहिलेसम्म झण्डै मान्छेकै जत्रा मोटा खुट्टा भएको कुखुरा देख्नुभएको छ ? खुट्टाको मात्र के कुरा, जब यो कुखुराको वजन थाहा पाउनुहुन्छ, तब तपाइँको सातो जानेवाला छ ।

हो, भियतनाममा पाइन्छ यो विशेष जातको कुखुरा । यसलाई डंग टाओ नश्ल भनिन्छ । यसमा पोथी सेतो रंगको हुन्छ भने भाले विभिन्न रंगमा पाइन्छन् ।

जिउडाल अन्य कुखुराकै जस्तो भए पनि यो कुखुराको जिउको वजन तथा शरीरका अंगहरुको आकार चाहिँ असामान्य नै लाग्दछ । यी कुखुराको तौल न्यूनतम पनि ६ किलो हुन्छ । कुखुराको खुट्टा मान्छेकै जस्तो मोटा हुन्छन् ।

जिउडाल र खुट्टासमेत भिमकाय हुने भएकाले यो जातका कुखुरालाई ड्रागन कुखुरा पनि भनिन्छ । – एजेन्सी

Published : Friday, 2018 February 2, 9:22 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया