सुनिल क्षेत्रीले जिते स्टाइलिस अवार्ड

नयाँ दिल्ली । भारतीय फुटबल टिमका कप्तान सुनिल क्षेत्रीले इन्डियाज मोस्ट इटाइलिस स्पोर्टस स्वार अवार्ड जितेका छन् । उनले यसका लागि भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीलाई पछि पारे ।

हिन्दुस्थान टाइम्स मोस्ट स्टाइलिस अवार्ड २०१८ मा सुनिलले विराटलाई पछि पारेका हुन् । इन्डियन सुपर लिगमा बेंगलुरु एफसीबाट खेल्ने सुनिल वर्ष २०१७ मा मैदानभित्र र बाहिर उत्तिकै चर्चामा रहे ।

झण्डै दुई दशकपछि भारतलाई फिफा र्‍याङ्किङमा शीर्ष सय भित्र ल्याउन सुनिलले प्रेरणादायी प्रदर्शन गरेका थिए । भारतलाई २०१९ को एसिया कपमा छनोट गराउन पिन सुनिलले भाइटल रोल खेले ।

सुनिलले गत वर्ष नै लामो समयदेखि प्रेमिका रहेकी सोनम भट्टाचार्जीसँग विवाह गरेका हुन् । सोमन मोहन बगानका महान खेलाडी सुब्रता भट्टाचार्यकी छोरी हुन् ।

इन्टरनेशनल फुटबलमा हाल खेलिरहेका मध्ये सुनिल क्षेत्री सर्वाधिक गोलकर्ताको सूचीमा पाँचौं स्थानमा छन् । यस सूचीको पहिलो र दोस्रो स्थानमा क्रमशः पोर्चुगलका क्रिस्टियानो रोनाल्डो र अर्जेन्टिनाका लियोनल मेस्सी छन् । – एजेन्सी

Published : Friday, 2018 January 26, 11:47 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

फेसबुकबाट तपाईको प्रतिक्रिया