ओली निकटका नेताले दिए विवादास्पद अभिव्यक्ति
काठमाडौं । एमालेका नेता एवम् नवनिर्वाचित प्रदेश सभा सांसद शेरधन राईले एमाले–माओवादी केन्द्रवीच एकता भएपछि पनि पार्टी अध्यक्ष र प्रधानमन्त्री केपी ओली नै हुने स्पष्ट पारेका छन् ।
बुधबार रिपोर्टर्स क्लब नेपालले काठमाडौंमा आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता राईले पार्टी एकतापूर्व नै नयाँ सरकार गठन हुन सक्ने विश्वास दिलाए ।
मुख्यमन्त्रीका दाबेदार रहेका नेता राईले भने, ‘एमाले र माओवादीवीच एकता छिट्टै हुन्छ, यसको लागि हामी आन्तरिक गृहकार्यमा जुटिसक्यौं ।’
‘केही नीतिगत, सैद्धान्तिक र सांगाठनिक कुराहरू छन्’, राईले भने, ‘यी विषयमा सहमतिमा पुग्नको लागि अलिक समय लाग्न सक्छ ।’ राईले पार्टी एकतापूर्व नै सरकार गठन भए कसैले आश्चर्य मान्न नहुने धारणा राखे ।
उनले पार्टी एकतापछि प्रधानमन्त्री र अध्यक्ष एउटै व्यक्ति भएपनि आश्चर्य नमान्न आग्रह गरे । एमालेका नेता राईले भने, ‘ओली र प्रचण्डवीचको समझदारीमा सबै कुरा टुँगोमा पुग्छ, सरकार र पार्टी दुवैको नेतृत्व ओली गर्नु हुन्छ ।’
पार्टी एकीकरणका बेला प्रचण्डलाई प्रधानमन्त्री वा पार्टी अध्यक्षमध्ये एक पद दिनबारेमा चर्चा चलिरहेका ओलीसँग निकट रहेका एमालेका नेता राईको यो भनाइले माओवादी केन्द्रभित्र तरंग उत्पन्न गरिदिएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

यसमा तपाइको मत