अध्यागमन विभागका कम्प्युटर अपरेटर महतो र अमेरिकी नागरिकविरुद्ध अख्तियारद्वारा मुद्दा दायर
काठमाडौं । अध्यागमन सूचना प्रणाली (नेपाली पोर्ट)को दुरुपयोग गरी विदेशी नागरिकको नाममा जारी भएको आवासीय भिसा अर्का विदेशीको राहदानीमा प्रविष्ट गराएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई जनाविरुद्ध मुद्दा दायर गरेको छ ।
सोमबार आयोगले अध्यागमन विभागको गैरपर्यटक शाखाका तत्कालीन कम्प्युटर अपरेटर (वरिष्ठ अध्यागमन सहायक) राजीव महतो र अमेरिकी नागरिक डिन जय रोबिन्सनविरुद्ध विशेष अदालत, काठमाडौंमा मुद्दा दायर गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
आयोगका प्रवक्ता सुरेश न्यौपानेद्वारा जारी प्रेस विज्ञप्तिअनुसार तत्कालीन कम्प्युटर अपरेटर महतोले अध्यागमन विभागको ‘नेपाली पोर्ट’ प्रणालीमा रहेको ‘ट्राभलर सेन्ट्रलाइजेसन’ सुविधाको दुरुपयोग गरेका थिए ।
महतोले कानूनी प्रक्रिया पूरा नगरी, अधिकार प्राप्त अधिकारीको निर्णयविना र तोकिएको भिसा दस्तुरसमेत दाखिला नगराइ २०८० साल फागुन ९ गते उक्त कसूरजन्य कार्य गरेका थिए ।
महतोले लक्जेम्बर्गका नागरिक पल क्रिस्चियन पियरे गेडिट्जको नाममा जारी भएको आवासीय भिसासम्बन्धी सम्पूर्ण अभिलेखहरूलाई अमेरिकी नागरिक डिन जय रोबिन्सनको नाममा एकीकृत ‘ट्राभलर सेन्ट्रलाइज’ गरिदिएका थिए ।
अमेरिकी नागरिक रोबिन्सनले उक्त भिसा आफ्नो राहदानीमा टाँस गरी नेपालमा गैरकानूनी रूपमा बसोबास गर्दै आएको आयोगको अनुसन्धानबाट खुलेको थियो ।
सरकारी अभिलेख यथावत् राख्नुपर्ने कर्तव्यविपरीत ‘नेपाली पोर्ट’ प्रणालीको दुरुपयोग गरी सरकारी अभिलेख सच्याउने, केरमेट गर्ने, थपघट गर्ने र हेरफेर गर्ने कार्य गरी नेपाल सरकार तथा अध्यागमन विभागलाई नोक्सानी पु¥याएको अख्तियारले जनाएको छ ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया