गुप्ताङ्गको रौँबारे यस्ता छन् रोचक तथ्य

काठमाडौं । १४–१५ वर्षको उमेरदेखि किशोर किशोरीका गुप्ताङ्ग र काखीमा रौँ पलाउन थाल्छन् । रौँ पलाउँदा किशोर किशोरीलाई सुरुमा अनौठो लागेपछि समय गुज्रिदै जाँदा त्यसको कौतुहलता पनि बढ्ने गर्छ ।

गुप्ताङ्गमा आउने रौँ कतिलाई मन पर्छ । कतिलाई मन पर्दैन । आधुनिक महिलाहरू धेरैले गुप्ताङ्ग र शरीरका विभिन्न भागमा आउने रौँलाई सेभ गरेर हटाउने गरेका हुन्छन् ।
गुप्ताङ्गको रौंले यौनजन्य रोगहरूबाट बचाउँदैन । गुप्ताङ्गको रौंले ब्याक्टेरिया पैदा हुने खतरा हुन्छ । यसमा जीवाणू र ब्याक्टेरिया हुन्छ जसले यौनसम्वन्धी समस्याहरू उत्पन्न गर्न सक्छ । यस्तो रौंले स्किन टु स्किन सम्पर्क गर्दा हुन सक्ने इन्फेक्सनबाट बचाउँछ ।

गुप्ताङ्गगको रौंले गर्दा कसै कसैलाई सेक्सको पूरा मज्जा आउँदैन कसैलाई त्यसले आनन्द दिन्छ । रौँले भाइरसलाई अझै बढाउन सक्छ । एउटा अध्ययनअनुसार पुरुषहरूको गुप्ताङ्गको रौंबाट उसको महिला साथीलाई एचपीबीसँग जोडिएका समस्याहरू हुन सक्छन् ।

केही व्यक्तिहरूलाई गुप्ताङ्गको रौंले सेक्समा झनै मज्जा थपिदिन्छ । केही महिलाहरू चाहीँ रौं मन पराउँदैनन् ।

वाक्स गराउने वा खौरने, यो आफूमा निर्भर गर्छ । तर, एउटा कुरा ध्यानमा राखौं, गुप्तांगको रौं हटाउँदा त्यो ठाउँमा कतै छाला नकाटियोस् ।

छाला संवेदनशील छ भने सेविङ गर्दा रेजरलाई छालामा धेरै जोडले रगड्नु हुँदैन । सेभिङ क्रिम बिना नै सेभिङ गरियो भने छाला काटिन सक्छ । योभन्दा राम्रो वाक्सिङ वा हेयर रिमुभल क्रिमको प्रयोग गर्नुपर्छ ।

गुप्ताङ्गको रौं एउटा समयपछि बढ्न रोकिन्छ । जब रौंको वृद्धि पूरा हुन्छ, यो बढ्न रोकिन्छ र र्झन थाल्छ । झरेको ठाउँमा नयाँ रौं पलाउँछ ।

यदि रौं हटाउनका लागि रेजरको प्रयोग गरिन्छ भने एउटा रेजर २–३ पटकभन्दा बढी प्रयोग गर्नु हुँदैन । राम्रो क्वालिटीको रेजर प्रयोग गर्नुपर्छ ।

हेयर रिमुभिङ क्रिम प्रयोग गर्नुभन्दा अगाडि यो कुरा जाँचौं कि कतै त्यो क्रिमको कुनै एलर्जी त छैन ? बक्समा लेखिएका इन्स्ट्रक्सन पढौं र सैलुनमा गएर बिकिनी वाक्स पनि गराउन सकिन्छ । घरमा विकिनी वाक्स ट्राइ गर्नुपर्छ ।

कपालको रौं र गुप्तांगको रौं एउटै रंगको हुँदैन । शिरको कपालको रंग जस्तो छ गुप्तांगको रौं पनि त्यस्तै हुनुपर्छ भन्ने केही छैन । कुनै पनि रौंको रंगको सिधा सम्वन्ध मेलनिनसँग हुन्छ । गुप्तांगको रौं यसकारण गाढा हुन्छ कि यसमा मेलनिन अत्यधिक पाइन्छ । – एजेन्सी

Published : Tuesday, 2018 January 23, 6:46 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया