१३ लाख यूरोको भोड्काको बोतल चोरी
लण्डन । डेनमार्कको राजधानी कोपनहेगनमा विश्वकै सबैभन्दा महंगो भोड्काको बोत्तल चोरी भएको छ जसको मूल्य १३ लाख यूरो अर्थात १५ करोड नेपाली रुपैयाँभन्दा बढी पर्दछ ।
भोड्काको बोत्तल कोपनहेगनको क्याफे ३३ मा देख्न सकिन्थ्यो । त्यो भोड्काको बोत्तल निर्माणमा ३ किलो सुन र ३ किलो चाँदी प्रयोग गरिएको थियो । सुन र चाँदीको बोत्तलको बिर्को भने हिराबाट बनाइएको थियो ।
कोपनहेगन प्रहरीका अनुसार, बारबाट ६ किलोको यो बोत्तल अचम्मैसंग चोरी भएको छ । यो बोत्तल अमेरिकी टिभी सिरिज हाउस अफ कार्डस्मा पनि देखाई सकिएको छ ।
बारका मालिक ब्रियान इगबर्गका अनुसार जब म्यूजियम बन्द थियो तब चोर पसेर चोर्न सफल भयो । फेसबुकमा बारको तर्फबाट केही तस्विरहरू रिलिज गरिएको छ जसमा चोरले मुखौटा लगाएर चोरी गरेको देख्न सकिन्छ । – एजेन्सी
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

यसमा तपाइको मत