१३ लाख यूरोको भोड्काको बोतल चोरी

लण्डन । डेनमार्कको राजधानी कोपनहेगनमा विश्वकै सबैभन्दा महंगो भोड्काको बोत्तल चोरी भएको छ जसको मूल्य १३ लाख यूरो अर्थात १५ करोड नेपाली रुपैयाँभन्दा बढी पर्दछ ।

भोड्काको बोत्तल कोपनहेगनको क्याफे ३३ मा देख्न सकिन्थ्यो । त्यो भोड्काको बोत्तल निर्माणमा ३ किलो सुन र ३ किलो चाँदी प्रयोग गरिएको थियो । सुन र चाँदीको बोत्तलको बिर्को भने हिराबाट बनाइएको थियो ।

कोपनहेगन प्रहरीका अनुसार, बारबाट ६ किलोको यो बोत्तल अचम्मैसंग चोरी भएको छ । यो बोत्तल अमेरिकी टिभी सिरिज हाउस अफ कार्डस्मा पनि देखाई सकिएको छ ।

बारका मालिक ब्रियान इगबर्गका अनुसार जब म्यूजियम बन्द थियो तब चोर पसेर चोर्न सफल भयो । फेसबुकमा बारको तर्फबाट केही तस्विरहरू रिलिज गरिएको छ जसमा चोरले मुखौटा लगाएर चोरी गरेको देख्न सकिन्छ । – एजेन्सी

Published : Friday, 2018 January 19, 11:42 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

फेसबुकबाट तपाईको प्रतिक्रिया