न्यानो कपडा नहुँदा जाडोले देउखुरीमा एकजनाको मृत्यु

लमही । दाङको देउखुरीस्थित गढवामा जाडोले कठ्याङ्ग्रिएर एकजना वृद्धाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा गढवा गाउँपालिका वडा नं १ बडराकमका ७१ वर्षीय जोखु चौधरी रहेको इलाका प्रहरी कार्यालय गढवाले जनाएको छ । चौधरी अविवाहित र अपाङ्गता भएका व्यक्ति हुन् । उनको शुक्रबार बिहान मृत्यु भएको हो ।
उनका भतिजाहरू कामको सिलसिलामा भारतमा रहेको र स्याहारसुसार गर्ने व्यक्ति कोही पनि नहुँदा अत्यधिक जाडोमा न्यानो कपडाको अभावले कठ्याङ्ग्रिएर उनको मृत्यु भएको स्थानीय नवराज शर्माले जानकारी दिएको प्रहरीले जनाएको छ ।
Published : Friday, 2018 January 12, 7:46 pm
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग

कांग्रेसको कार्यसम्पादन समितिको निर्णयहरू
शेरबहादुर देउवा
स्ववियु निर्वाचन र स्ववियुमा विद्यार्थी संगठनको महत्व
रोशनराज ढाहाल
यसमा तपाइको मत