उपचार गराउन एमालेका अध्यक्ष ओली बैंकक जाने

काठमाडौं । विगत केही दिनदेखि अस्वस्थ्य रहेका एमाले अध्यक्ष केपी ओली स्वास्थ्य परीक्षणका लागि बैंकक जाने भएका छन् ।
अध्यक्ष ओली यही पुस २६ गते बैंकक जाने कार्यक्रम रहेको उच्च स्रोतले जनाएको छ । मृगौला प्रत्यारोपणपछि बैंककमा नियमित स्वास्थ्य परीक्षण गराउँदै आएका ओलीलाई चिकित्सकले दिएको तालिका अनुसार यसअघि नै जानुपर्ने थियो ।
अध्यक्ष ओलीको भ्रमण पुस २६ देखि ३० सम्मका लागि तय भएको एक नेताले जनाए ।
ओलीको स्वास्थ्य अवस्थाकै कारण पार्टी एकताका लागि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग समेत परामर्श हुन सकेको छैन ।
Published : Friday, 2018 January 5, 5:25 pm
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग

कांग्रेसको केन्द्रीय समितिबाट भएका निर्णयहरू
शेरबहादुर देउवा, सभापति, कांग्रेस
विनोदजी उमेशसँग तपाईको तुलनै हुँदैन, चन्दा लिए वापत तपाईलाई नेता मान्न कोही बाध्य छैन
गुरुराज घिमिरे, नेता, नेपाली कांग्रेस
स्मृति : कहिल्यै लेख्न नपाएको रूक्माङ्द-प्रचण्डकाे त्याे समाचार
प्रकाश तिमल्सिना
यसमा तपाइको मत