‘दाङ राजधानी भएन भने ५ नं. प्रदेश टुक्रिन सक्छ’

बुटबल । प्रदेश नम्बर ५ को राजधानी दाङ राख्ने कि बुटबल भन्नेमा बाम गठबन्धनभित्र विवाद सुरु भएको छ । बाम गठबन्धनभित्र मात्रै होइन कांग्रेसका नेताहरूमा पनि रुपन्देहीकी दाङ भनेर विवाद भएको छ ।
दाङ र बुटवलको मुद्दाले एमालेका उपमहासचिव विष्णु पौडेल र स्थायी समितिका सदस्य शंकर पोखरेलबीच वैचारिक लडाइँ सुरु भएको उच्च स्रोतले जनाएको छ । राजधानी बनाउने विषयमा पौडेल र पोखरेलबीच ‘अभिभादन’ समेत हुन छाडेको छ ।
पौडेल रुपन्देहीमा ५ नं. प्रदेशको राजधानी बनाउन चाहन्छन् । उनलाई प्रदीप ज्ञवाली, गोकर्ण विष्ट, घनश्याम भुसालसहितका नेताहरूले साथ दिएका छन् । पौडेललाई नेपाली कांग्रेसका नेता बालकृष्ण खाँण र राप्रपा (प्रजातान्त्रिक)का नेता दीपक बोहराले साथ दिएका छन् ।
दाङ राजधानी बनाउने पोखरेलको लबिङलाई उपाध्यक्ष युवराज ज्ञवालीले साथ दिएका छन् । यता पोखरेललाई कांग्रेसका दीपक गिरीसहितका नेताहरूले सहयोग गरेका छन् ।
एमालेका स्थायी समिति सदस्य पोखरेल प्रदेश नम्बर ५ को मुख्य मन्त्रीका दावेदार हुन् । उनलाई मुख्यमन्त्री बनाउनकै लागि एमालेले प्रदेश निर्वाचनमा उठाएको थियो । पोखरेलले धेरै मतअन्तरले विजयी पनि भइसकेका छन् ।
माओवादी केन्द्रका नेता कृष्णबहादुर महराले पोखरेललाई साथ दिएका छन् । पोखरेललाई नेपाली कांग्रेसका नेताहरूले पनि साथ दिइरहेका छन् ।
दाङलाई राजधानी बनाउने उदेश्यले तत्कालीन सिचाइँ मन्त्री एवम् कांग्रेसका केन्द्रीय सदस्य दीपक गिरीले उच्च अदालत तुलसीपुरमा ल्याएका थिए । त्यसका लागि गिरीले क्याबिनेटमा ठूलो झगडा नै गर्नुपरेको थियो । त्यसपछि गिरीकै पहलमा ५ नं. प्रदेश प्रहरीको मुख्यालय पनि तुलसीपुरमा आएको थियो ।
५ नं. प्रदेशको राजधानी दाङ बन्न नै बन्ने दाबी माआवादी केन्द्रका नेता कृष्णबहादुर महराले दिने गरेका छन् । उनले दाङसहितका पश्चिमी जिल्लाका जनतालाई राजधानी दाङ बन्ने भनेर आश्वासन दिइरहेका छन् ।
दाङ ५ नं. प्रदेशको राजधानी बन्न सकेन भने रुपन्देहीसँग अलग भएर बस्नुपर्नेसम्मको चेतावनी दङ्गाली जनताले दिन थालेका छन् । सामाजिक सञ्जालहरूमा दाङ राजधानी बन्न नसके ५ नं. प्रदेशमा बस्नु पर्ने बाध्यता नरहेको बताउनु थालेका हुन् ।
५ नं. प्रदेश नै टुक्र्याइदिनेसम्मको ताकत राख्नुपर्नेभन्दै माओवादीका नेता महरा र एमालेका नेता पोखरेललाई दवाव पर्न थालेको छ । यस्तो अवस्था आयो भने रुपन्देही राजधानी चाहनेहरूका लािग समस्या हुनेछ ।
10 प्रतिकृया प्राप्त “‘दाङ राजधानी भएन भने ५ नं. प्रदेश टुक्रिन सक्छ’”
यसमा तपाइको मत
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग

कांग्रेसको कार्यसम्पादन समितिको निर्णयहरू
शेरबहादुर देउवा
स्ववियु निर्वाचन र स्ववियुमा विद्यार्थी संगठनको महत्व
रोशनराज ढाहाल
दाङ राजधानीका लागि धेरै राम्रो ठाउँ भएकोले यसकाे विकल्प रुपन्देही हुनै सक्दैन ।
Rajdhani center ma hunu parxa kinara ma hoina yo kura hoina . Surxa ra hare dristikon bata dang ko bikalpa xaina . Natra 5 no pradesh rupandehi bata alag garnu parxa ki kaso sathiharu.
Butwal lai rajdhani banaunuparcha kina bhane 5 no pradesh ko samrachna ma persons count garne ho bhane nawalparasi rupandehi palpa arghakhanchi lagayat ka jilla ko janmat ra rupandehi ko siksha swasthya ko agrasarta aru kunai thaun ma chaina even dwand kal ma yo ktm pachi ko safe thaun thiyo
Pardes 5 ko raajdhani butwal mai hunuparchha neta bhayara aafno ghara matri hoina janta ko sabai ko chahana lai sametna saknu parxa ra sabai janta ko pani chahana butwal nai ho yas ko bikalpa dan huna sakdaina
Ye sabai neta bhanauda haru aafno sawartha matra herchhan yeenko bichma hami kapil bstulai bnauda ke hunchha.sathi ho.
Pardes no 5 dang ma nai rakhnu parxa purba paschim uttar dakhkhin sabailai sajalo hunxa
By looking from the every angle and the present infrustructures, Butwal should be the capital of Pradesh 5. If agreement cant be reached between Butwal and Dang, then voting from the citizens should take place.
Dang geographical, security and Center sabai ko hisable thik X rajdhani ko lagi tesaile dang mai hunu parx
यदि बुटवलमा राजधानी बनाउने हाे भने बर्दिया र बाँकेलाई ५नम्बर राख्नुको अचिताे छैन बरू दाङ नै ठिक हुनेछ ।
Dang nai rajdhani hunuprane hunx kina ni baridiya ko janata lai sajilo hos butwal vyo vne ktm hunu rw butwal huna dherai difference bardiya ko janata ko lagi