ओलीविरुद्ध देखियो समीकरण, ‘प्रचण्ड’लाई हुन सक्छ फाइदा

काठमाडौं । नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)को बाम गठबन्धनले सोँचे जस्तो नजिता पाउनेमा आशंका बढ्दै गएको छ ।

बिहीबार सम्पन्न मतदानपछि पहिलो चरणको मतपरिणामको प्रारम्भीक नतिजाले पनि बाम गठबन्धनले सोँचे जस्तो नतिजा नपाउने भएका हुन् । सामाजिक सञ्जालमा आएका टिकाटिप्पणी र एक्जिट पोलले पनि बाम गठबन्धन धक्का दिने निश्चित रहेको छ ।

विभिन्न सञ्चारमाध्यममा आर्टिकल लेख्दै आएका लेखक दिलनिशानी मगरले बिहीबार गरेको ट्वीटले समेत त्यो संकेत गरेको देखेको छ । मगरको ट्वीट अनुसार एमालेले प्रत्यक्षमा ७४ को आसपासमा सिट जित्ने उल्लेख छ ।

नेपाली कांग्रेसले ३८, माओवादी केन्द्रले ३२, संघीय समाजवादी फोरम नेपालले ९, राजपा नेपालले ७, राप्रपा १, नेमकिपा १, अन्य ३ सिट जित्ने अनुमान मगर लगाएका छन् ।

नेपाली राजनीति र समाजलाई नजिकबाट विश्लेषण गर्न सक्ने निशानीको यो ट्वीट सत्यसावित भयो भने बाम गठबन्धनलाई ठेस पुगाउने पक्का छ ।

मगरको ट्वीटअनुसार नै आसपासमा रहेर नजिता आयो भने नेपालको प्रधानमन्त्री फेरि पनि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बन्ने पक्का छ । किन भने एमाले र माओवादी केन्द्रको पार्टी एकीकरण सरकार गठन अगाडि बन्न सक्ने छैन । त्यसपछिको समीकरण के हुन्छ भन्न सकिने अवस्था रहेन ।

एमालेका अध्यक्ष केपी ओलीले ‘प्रचण्ड’लाई तत्काल प्रधानमन्त्री वा एकीकृत पार्टीको अध्यक्ष पद दिने सम्भावना पनि न्यून छ ।

यस्तो अवस्थामा ‘प्रचण्ड’ले बोल्ड निर्णय गर्न सक्नुपर्छ । यद्यपि, उनले चाहे भने एमाले वा नेपाली कांग्रेसका दलहरूसँग मिलेर प्रधानमन्त्री बन्ने प्रचुर सम्भावना रहन्छ ।

Published : Thursday, 2017 December 7, 8:12 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

फेसबुकबाट तपाईको प्रतिक्रिया