कांग्रेसको प्रतिकारपछि बुथ कब्जा गर्ने भीम रावलको प्रयास असफल

साँफेबगर । अछामको साँफेबगर नगरपालिकास्थित राष्ट्रिय माविमा रहेको मतदान केन्द्रमा बाम गठबन्धनका कार्यक्रर्ताले बुथ कब्जा गर्न खोजेपछि झडप भएको छ ।
मतदान भइरहेका बेला हुल बाँधेर बाम गठबन्धनका कार्यकर्ताले बुथ कब्जा गर्न खोजेपछि प्रहरीले रोकेको थियो ।
बुथ कब्जा गर्न खोजेको थाहा पाएपछि कांग्रेस कार्यकर्ताले पनि नाराबाजी गर्दै बिरोध जनाएका छन् । कांग्रेसले विरोध गरेर प्रतिकारको चेतावनी दिएपछि बाम गठबन्धन हच्किएको छ । सो बुथमा केही समय तनाव उत्पन्न भएको थियो ।
मतदान केन्द्रलाई सुरक्षित गर्न नेपाली सेनालाई परिचालन गरिएको प्रहरीले जनाएको छ ।
अछाम जिल्लामा एमालेका उपाधयक्ष भीम रावलले बाम गठबन्धनलाई जिताउन हदैसम्मको गतिविधी गरेको नेपाली कांग्रेसका सभापति भरतबहादुर स्वाँरले बताए ।
एमालेका नेता रावल अछाम क्षेत्र नं. १ बाट प्रतिनिधी सभामा उम्मेदवार छन् । उनलाई माओवादी केन्द्रले साथ दिएको छ ।
2 प्रतिकृया प्राप्त “कांग्रेसको प्रतिकारपछि बुथ कब्जा गर्ने भीम रावलको प्रयास असफल”
यसमा तपाइको मत
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग

कांग्रेसको कार्यसम्पादन समितिको निर्णयहरू
शेरबहादुर देउवा
स्ववियु निर्वाचन र स्ववियुमा विद्यार्थी संगठनको महत्व
रोशनराज ढाहाल
यथार्थ धरातल नबुझी कनै समचार सम्पेस्ण गर्नु कति सम्म को सहि कुरो हो यथार्थाता सा. न.पा 13 मा गयर मात्र बुझ्न् सकिन्छ।
मतदाता नामावली मा नाम मै नभया का हारु मात खसाल्ना खोजे पछी तेस्तै हो।
Seen by Mansingh
khale ho