एमालेद्वारा आक्रमण भएपछि कांग्रेसका डा.महतले दिए सनसनीपूर्ण बयान

काठमाडौं । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलका कार्यकर्ताहरुले नेपाली काँग्रेसबाट काठमाडौं क्षेत्र नं ५ का उम्मेदवार डा प्रकाशशरण महत माथि दूर्व्यवहार गरेका छन् ।

प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको अघिल्लो दिन उनीहरुले काठमाडौंको बसुन्धरामा महतमाथि दूर्व्यवहार गरेका हुन् ।

बसुन्धरास्थित विजी मार्टको माथिल्लो तल्लामा रहेको स्थानीय काँग्रेस कार्यकर्ता श्री सापकोटाको कार्यालयमा काँग्रेसका केही कार्यकर्ताहरुसँग चिया खार्इरहेका डा महत सहित करिब आधा दर्जन नेता कार्यकर्तामाथि एमाले कार्यकर्ताले दूर्व्यवहार गरेका हुन् ।

टोखा नगरपालिका वडा न‌ं ७ का वडाध्यक्ष नरोत्तम राना मगरको नेतृत्वमा आएका करिब ७०-७५ जनाको टोलीले महत सहितका नेता तथा कार्यकर्तामाथि एक्कासी दूर्व्यवहार गरेका हुन् ।

साँझ ६ बजेको आसपासमा महत बसेको कार्यालयको ढोका फोर्दै उनीहरु तोडफोडमा समेत उत्रिएका थिए। स्थानीय जनप्रतिनिधि समेत रहेका रानाको नेतृत्वमा आएका उनीहरुले गुण्डागर्दी शैलीमा महत र उनीसँगै रहेका पूर्व सांसद् बहादुर लामामाथि समेत हातपातको प्रयास गरेका थिए ।

महत लगायतका नेता कार्यकर्तामाथि दूर्व्यहार भएको थाहा पाएपछि काँग्रेसका कार्यकर्ताहरु पनि बसुन्धरा पुगेका थिए । उनीहरुले पछि प्रहरीलार्इ समेत खबर गरेपछि एमाले कार्यकर्ताहरु तितरवितर भएका थिए ।

मौन अवधिको सम्मान गर्दै प्रचारप्रसारमा ननिस्किएपनि चुनावी रणनीति र बुथमा खटिने कार्यकर्ताहरुको बन्दोबस्तीको विषयमा छलफल गर्नको लागि केही सीमित कार्यकर्ताहरुसँग गरिएको छलफलको बेलामा एमालेका कार्यकर्ताहरुले गरेको दादागिरी र हुलहुज्जतको काँग्रेस उम्मेदवार महतले भर्त्सना गरेका छन् ।

उनले आफू माथिको यो आक्रमण एमालेहरुको पराजीत मानसिकताको उपज भएको बताएका छन् ।

Published : Wednesday, 2017 December 6, 8:39 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

फेसबुकबाट तपाईको प्रतिक्रिया