यस्तो गर्दै छन् सिलवाल, पैसा बाँड्दै गर्दा एमालेका वडाध्यक्ष रङ्गेहात पक्राउ

ललितपुर । मतदातालाई प्रभावित तुल्याउन ललितपुर क्षेत्र नं. १ मा मतदाता प्रभावित बनाउन हिँडेका एमालेका वडाध्यक्ष गंगाराम तिमल्सिनालाई स्थानीयले हातपात गरेका छन् ।
मंगलबार राति दलबलसहित बाम गठबन्धनका तर्फबाट प्रतिनिधी सभामा उम्मेदवारी दिएका एमालेका उम्मेदवार तथा पूर्वडिआईजी नवराज सिलवालको पक्षमा मत मागेर मतदाता प्रभावित बनाइ रहेका बेला स्थानीयले तिमल्सिनालाई छोपेर हातपात गरेको प्रत्यक्षदर्शीले बताए ।
जननिर्वाचित जस्तो व्यक्तिले निर्वाचन आचार संहिता विपरितका क्रियाकलाप गरेपछि बाध्य भएर एमालेका वडाध्यक्ष तिमल्सिनालाई सम्झाउन खोज्दा विवाद गरेको एक स्थानीयले बताए ।
वडाध्यक्ष तिमल्सिनालाई नेपाली कांग्रेसका कार्यकर्ताले सम्झाएर पठाउन खोजेका थिए । तर, तिमल्सिनाले नमानेर उल्टै कांग्रेसको कार्यकर्तामाथि हमला गरको नेपाली कांग्रेस ललिपुरको मिडियो सेन्टरद्वारा जारी प्रेस नोटमा उल्लेख छ ।
नेपाली कांग्रेस ललितपुरले वाम गठबन्नका तर्फबाट भइरहेका आचार संहिता विपरितका क्रियाकलाप रोन् निर्वाचन आयोगसँग आग्रह गरिने जनाएको छ ।
एमालेका वडाध्यक्ष तिमल्सिनाले ललितपुरको गोटिखेलमा नवराज सिलवालको पक्षमा भोट माग्दै पैसा बाँडेको अवस्थामा कांग्रेसका नेता भीमसेन घिमिरेको समूहले रङ्गेहत पक्राउ गरेको थियो । सिलवालको गतिविधीबाट सजग बनेको लोकतान्त्रिक गठबन्धनले कम्युनिष्टहरूको हर्कतमा कडा निगरानी गर्दै आएको छ ।
मौन अवधि सुरु भएदेखि एमालेका उम्मेदवार नवराज सिलवाल र उनको समूहले बडिखेल, चापागाउँ, गोदावरी क्षेत्रमा पैसाको चलखेल गर्न सुरु गरेको कांग्रेसको आरोप छ । तर, कांग्रेसका स्थानीय कार्यकर्ताहरूले सबै गाउँ र टोलीमा कडा निगरानी गर्दै आएको जनाएका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग

कांग्रेसको कार्यसम्पादन समितिको निर्णयहरू
शेरबहादुर देउवा
स्ववियु निर्वाचन र स्ववियुमा विद्यार्थी संगठनको महत्व
रोशनराज ढाहाल
यसमा तपाइको मत