फूल चोर सेलिब्रेटी खसी रहेन

अष्ट्रेलिया । अस्ट्रेलियाको सेलिब्रेटी खसीको निधन हुँदा सामाजिक सञ्जालमा खसीसँग जोडिएका र उसको अभिनयबाट प्रभावित लाखौं मानिस दुःखित भएका छन् ।

सिड्नीको एक म्युजियम बाहिरको बगैंचाको फूल चोरेपछि गेरी नाम गरेको उक्त खसीलाई जरिवाना सुनाइएको थियो । खसीलाई जरिवाना भएपछि सिड्नीवासीले उसको जरिवाना तिर्न चन्दा संकलन गरेका थिए ।

त्यसपछि गेरी धेरै अस्ट्रेलियनबीच परिचित भए । गेरीका मालिक जिम्बो बाजोवीले एक कार्टुन इमु बियरसँग साटेर ल्याएको गेरीसँगको यात्राका भिडियो युट्युबमा अपलोड गर्न थाले ।

स्ट्यान्डअप कमेडीयन जिम्बोसँग गरीको उक्त भिडियो धेरैले रुचाए । फेसबुकमा गेरीको आफ्नै पेज छ, जसका फलोअर्सहरूको संख्या १७ लाखभन्दा बढी छ ।

गेरीको मुटुमा ट्युमर पलाएर मृत्यु भएको खबर उनको पेजमा पोस्ट गर्दा पहिले धेरैले पत्याएनन् भने त्यसमा ३० हजारभन्दा बढीले शोक व्यक्त गरे । – एजेन्सी

Published : Tuesday, 2017 December 5, 8:34 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

फेसबुकबाट तपाईको प्रतिक्रिया