गगनको लोकप्रियताबाट सबैभन्दा धेरै डर ओलीलाई, गरे यस्तो हर्कत

काठमाडौं । बाख्रा पालनका नाममा १३ करोड झ्वाम
केशव स्थापितले भने –बाख्रो खै?
नेता हुन विप्लबजस्तो : गगन
गगन बाबुरामको नयाँ शक्तिमा
मैले जितेभने दुई महिनामा काठमाडौलाई विश्वकै नमूना सहर बनाउँनु : गगन
सामाजिक सञ्चालमा भाइरल बनाइएका यस्ता दर्जनौ समाचारहरु कतै सामाजिक सञ्जाल त कतै उमेदवारका फेसबुकबाट प्रवद्र्धन भइरहेको देख्नु भएको छ ? पत्याउँनु हुन्छ यस्ता एउटै समाचार विभिन्न समयमा यसरी किन ल्याइन्छ ? राष्ट्रिय महत्वको घटना वा सन्दर्भमा गगनविरुद्ध यसरी समाचार आएको पहिलोपटक हैन ।
हरेक राजनीतिक प्रतिस्पर्धामा उत्रिदा उनीविरुद्ध बनावटी खबर बाहिर ल्याएर आक्रमण गर्ने गरिएको छ । पछिल्लो पटक काठमाडौ क्षेत्र नं ४ को चुनावी प्रतिस्पर्धामा रहेका थापाविरुद्ध यस्तै एकपछि अर्को भ्रम फैलाउँने र झुट फैलाउँने प्रयास भइरहेको छ ।
विभिन्न स्वार्थ समूहले आफूअनुकुल गगनविरुद्ध समाचार ल्याउँने गरेकोमा यसपटक थापाकै प्रतिस्पर्धी रहेका एमाले उम्मेदवार राजन भट्टराईकै संलग्नतामा यस्ता भ्रमक समाचार फैलाइरहेको पाइएको छ ।
पछिल्लो समय एमाले निकटका अनलाइनले प्रकाशित गरिरहेका यस्ता भ्रामक सामग्री भट्टराईकै आफ्नै फेसबुक, आइएमवीथ केपी ओली नामक पेज लगायतका भट्टराई निकटका मान्छेले चलाएका पेजबाट गगनविरुद्धको भ्रामक समाचार सेयर भइरहेका छन् । यसले पनि शृङ्खलाबद्ध प्रोपोगाण्डामा भट्टराई नै संलग्न भइरहेको पुष्टि भएको काँग्रेस नेताहरु बताउँछन् ।
पछिल्लो पटक त्रिचन्द क्याम्पसको विषयलाई लिएर चरित्र हत्या गर्दै प्रचारप्रसार भइरहेको छ । एमालेका बदनाम पर्यटन व्यवसायी चन्द्र रिजाललाई प्रयोग गरेर कुनै तथ्य प्रमाण बिना सामाजिक सञ्जालमार्फत् थापा डेढ दशक अघि त्रिचन्द्रको स्ववियु सभापति हुँदा भ्रष्टाचार गरेको आरोप लगाएका छन् ।
गगन स्ववियु सभापतिमा निर्वाचन लड्दा उनीसँगै चुनाब लडेकी सुस्मिता ढकाल रिजालकी श्रीमती अनेरास्ववियुबाट चुनाब लडेकी थिइन् । गगनले करिब दुई हजार मत ल्याएर जित्दा एक सय मत पाएकी थिइन् । त्यति बेला पनि चन्द्रले आँफूसँग केही मत रहेको र पाँच लाख दिए गगनलाई मतदान गर्ने बताएको त्रिचन्द्रका तत्कालिन स्ववियुका एक सदस्यले बताए । ‘चन्द्र जी कुन नैतिकताले अहिले आरोप लगाइरहेका छन्,’ उनले भने, ‘त्यति बेलाका सबै विद्यार्थीलाई मुर्ख बनाउने काम गरेका छन् ।’ क्याम्पसले हरेक वर्ष लेखा परीक्षण गर्ने गर्छ ।
प्रतिस्पर्धी उमेदवार भट्टराईका साडु भाई समेत रहेका एक मिडिया सञ्चालकको नेतृत्वमा गगनविरुद्ध प्रोपगण्डा टिम जमलको एलोप्यागोडा होटलबाटै परिचालन भएको एमाले निकटका पत्रकार बताउँछन् । पहिला कान्तिपुरमा काम गर्ने ती पत्रकार गाडी खरिद प्रकरणमा विवादित भएपछि निकालिएका थिए ।
पहिला पनि गगन केन्द्रीय सदस्यदेखि विभिन्न तहका निर्वाचन, काँग्रेस महामन्त्रीको उमेदरवार हुँदा पनि थापाविरुद्ध यस्तै योजनाबद्ध समाचार नआएका होइनन् ।
फेक समाचारहरुको विश्लेषणसहित नागरिक दैनिकका पत्रकार केपी ढुंगानाले मेरोसहरडटकममा यसको चिरफार नै गरेका थिए ।
पछिल्लो पटक यस्ता खेलमा बोलिको ठेगान नभएका केशव स्थापितदेखि बदनाम पर्यटन व्यवसायी चन्द रिजालको प्रयोग भएका छन् । थापाले चुनावी कार्यक्रमको चावहिलमा चुनाबी कार्यक्रम सुरु गर्दाको पहिलो दिनमै आफ्नाविरुद्ध फेरी पनि यस्ता शृङखलाबद्ध प्रचार हुने बताएका थिए ।
त्यसको केही दिनमै सँधै विवादास्थप अभिव्यक्ति दिने केशव स्थापितलाई राजनकै योजना अनुसार बोल्न लगाएर एउटा अनलाइनले बाख्रा खै ? भन्दै समाचार प्रकाशित गरेको थियो । अनुदान लिएको भनिएको संस्थाले नै यसको पैसा नै नलिएको भनेर खण्डन गरेपछि पछिल्लो झुटको खेती पर्दाफास भएको थियो ।
त्यतिमात्रै होइन । थापाले विभिन्न ठाउँमा गरेका चुनावी भाषणहरुका क्लिपबाट अघिपछाडीका सन्दर्भ हटाएर भ्वाइसओभरसहित विवादित भिडियो समेत बनाएर स्पोन्सर भइरहेका छन् ।
आफ्ना क्षेत्रमा भएका विकासका फेहरिस्त झल्काउने भिडियोमा एउटा विदेशमा बस्ने एमाले कार्यकर्ताको नाममा भ्वाइसओभर गरिएको थियो । त्यसलाई एमालेले स्पोन्सर गरेको थियो । त्यसैगरी नेपाली काँग्रेस गरिवी हटाउन र सुकुम्बासी समस्या समाधान गर्न प्रयास गर्ने अभिव्यक्तिलाई समेत बङ्ग्याएर मतदान क्षेत्रका मतदाताको सन्दर्भहिन अभिव्यक्तीलाई त्यसरी नै दुरुपयोग गरिएको छ ।
भारतीय नाकाबन्दीका समयमा केन्द्रीय समितिमा नै नाकाबन्दी भनेर माइन्युट गर्नुपर्छ भनेर आवाज उठाएका र शान्ति समाजको सभा र संसदमा समेत भारतीय नाकाबन्दी विरुद्ध बोलेका थापालाई नाकाबन्दीमा नै नबोलेको भनेर समेत प्रचारप्रसार गरेका थिए । केही दिनअघि मानब अधिकार तथा शान्ति समाजका संस्थापक अध्यक्ष कृष्ण पहाडीले एपी १ टेलिभिजनमा नाकाबन्दीविरुद्ध बोल्ने हिम्मत गगनले मात्रै गरेको भन्दै एमालेलाई गोयवल्स शैलीमा भ्रम सृजना नगर्न सचेत गराएका थिए ।
गगनविरुद्ध पोलपोट शैलीमा प्रोपगण्डा गर्नका लागि मेडिकल माफियादेखि भारतीय दुतावासले समेत खर्च गरिरहेको सार्वजनिक भइसकेको छ । थापालाई हराउने खेल स्वरुप मेडिकल माफियाले गरेको खर्च मैदानमा रहेकी विवेकशील साझाकी उमेदवार सुबना बस्नेतसम्म पुगेको बताइन्छ । भट्टराईले गगनको भोट काट्ने आशामा सुबनालाई सहयोग गरिरहेको विषय विवेकशील साझाको केन्द्रीय समितिमा समेत प्रश्न उठेको थियो ।
निर्वाचन प्रतिस्पर्धासँगै संसद र सरकारमा रहँदा पनि केही सुधारका प्रस्ताव र पहल गर्दा पनि उनीमाथि यस्तै आक्रमण हुने गरेको छ । थापाले बुढिगण्डकी नेपाललेनै बनाउनुपर्छ भन्दा समेत जलस्रोत माफियाको इशारामा भारतीय भएको आरोप लगाइको थियो ।
प्रतिस्पर्धामामात्रै होइन् विनाशकारी भुकम्पको समयमा सहयोग जुटाउन लाग्दा समेत थापाविरुद्ध थापालाई लखेटियो भन्दै प्रचार गरेका थिए । भुकम्पको समयमा नुवाकोटको कुमारीमा उद्दारमा खरिएका थापा विरुद्ध केहि महिना अघि पोर्चुगलमा भएको एउटा कार्यक्रमको भिडियोलाई बङ्गाएर राहत वितरण गर्न जाँदा गगनलाई जनताले लखेटे.. भन्ने समाचार हालिएको थियो ।
जनसम्पर्क समिति पोर्चुगलको अधिवेशन उद्घाटन कार्यक्रममा आमन्त्रित गरिएका केहि व्यक्तिले होहल्ला गरि कार्यक्रम विथोल्न खोजेपछि आयोजकले वाहिर निकालेका थिए । सोहि कार्यक्रमको भिडियोलाई आफू अनुकुल एनिमेसन गरेर राखिएको थियो ।
पार्टीको महाधिवेशनम महामन्त्रीको प्रतिस्पर्धामा रहेको अवस्थमा थापाले बोल्दै नबोलेको विषयमा पनि “गगन थापाले भने नेता हुनु त विप्लबजस्तो” भन्दै प्रचार भएको थियो । त्यतिबेलै थापा बाबुराम भट्टराईको नयाँ शक्तिमा भन्ने प्रचार भएको थियो । सामाजिक संजालमा अहिले पनि यो लिंक घुमिरहेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग

गृहमन्त्रीका एक वर्ष : नीतिगत र कानूनी सुधारमा व्यापकता
शेरबहादुर सिंह
कांग्रेसको केन्द्रीय समितिबाट भएका निर्णयहरू
शेरबहादुर देउवा, सभापति, कांग्रेस
विनोदजी उमेशसँग तपाईको तुलनै हुँदैन, चन्दा लिए वापत तपाईलाई नेता मान्न कोही बाध्य छैन
गुरुराज घिमिरे, नेता, नेपाली कांग्रेस
यसमा तपाइको मत