घोराहीमा कांग्रेसको र्याली, कम्युनिष्टहरूको मनोबल गिर्यो

घोराही । मंसिर २१ गते हुने निर्वाचनको प्रचारको अन्तिम दिन सोमवार नेपाली कांग्रेस दाङ क्षेत्र नं.२ ले घोराहीमा बृह्त र्याली सहित घरदैलो तथा मतदाता भेटघाट गरेको छ ।
पार्टी कार्यालयबाट बाजागाजासहित सुरु भएको र्यालीले प्रतिनिधीसभा तथा प्रदेशसभाको निर्वाचनमा कांग्रेसका उम्मेदवारहरूलाई बिजयी बनाउन आग्रह गर्दै घरदैलो गरिएको थियो । उम्मेदवार सहितको घरदैलोमा करिब ३ हजारको सहभागिता रहेको थियो ।
घरदैलोका क्रममा हरेक घर तथा पसलमा पुगेका उमेद्वारहरूलाई मतदाताहरूले फूलमाला एवं टीकाले स्वागत गरेका थिए । मतदाताहरूले स्थानीय एवं विकास गर्न सक्ने आफूहरूको समस्यामा साथ दिने नेताहरूलाई कांग्रेसले यसपटक उम्मेदवार बनाएको भन्दै विजयी बनाउनु सम्पूर्ण जिल्लाबासीसँग आग्रह गरिएको छ ।
दाङ क्षेत्र नं.२ प्रतिनिधी सभाका उम्मेदवार राजु खनाल, प्रदेशसभा २ (१) का उम्मेदवार कमलकिशोर घिमिरे, समानुपातिक उम्मेदवारहरू अर्जुनकुमार श्रेष्ठ, सावित्रा राना, पुष्पा वादी, नेपाली कांग्रेसका जिल्ला सभापति कीर्तिबहादुर खड्का, निवर्तमान सांसद अनिता देवकोटा, भुपबहादुर डाँगीसहितका नेताहरूको सहभागिता रहेको थियो ।
मतदातामा अनुरोध
नेपाली कांग्रेस दाङले यही मंसिर २१ गते हुने प्रतिनिधी सभा र प्रदेश सभाको निर्वाचनमा कांग्रेसको पक्षमा मतदान गर्न सम्पूर्ण जिल्लाबासीहरूमा अनुरोध गरेको छ । जिल्ला सभापति कीर्तिबहादुर खड्का र सचिव शंकरप्रसाद डाँगीले विज्ञप्ति निकाले कांग्रेसका उम्मेदवारहरूलाई विजयी बनाउन सम्पूर्ण जिल्लाबासी मतदाताहरूलाई अनुरोध गरेका हुन् ।
लोकतन्त्र रक्षा, सांविधानको सहि कार्यान्वयन, शान्ति र समृद्धिका लागि कांग्रेसको चुनाव चिन्ह रुखमा मतदान गरी विजयी बनाउन सम्पूर्ण मतदाताहरूलाई कांग्रेसले अनुरोध गरेको छ ।
एक महिनामा १० हजार कांग्रेस प्रवेश
पछिल्लो एक महिनामा दाङमा १० हजारजना कांग्रेसमा प्रवेश गरेका छन् । निर्वाचनको प्रचार–प्रसारका क्रममा एमाले, माओवादी लगायत अन्य दलहरू छाडेर कांग्रेसमा १० हजारजना प्रवेश गरेको कांग्रसका जिल्ला सचिव शंकरप्रसाद डाँगीले जानकारी दिए । कांग्रेस प्रवेश गर्नेमा माओवादीका केन्द्रीय सदस्यदेखि एमालेका जिल्लास्तरीय नेताहरू रहेका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग

कांग्रेसको कार्यसम्पादन समितिको निर्णयहरू
शेरबहादुर देउवा
स्ववियु निर्वाचन र स्ववियुमा विद्यार्थी संगठनको महत्व
रोशनराज ढाहाल
यसमा तपाइको मत