विवेकशील पार्टीले दियो केपी ओलीलाई झट्का लाग्ने जवाफ
काठमाडौं । विवेकशील साझा पार्टीका संयोजक एवम् काठमाडौं क्षेत्र नं. ५ बाट प्रतिनिधी सभाका उम्मेदवार उज्ज्वल थापाले एमालेका अध्यक्ष केपी ओलीले राजनीतिबाट विश्राम लिने बेला भएको बताएका छन् ।
एक अनलाइनलाई थापाद्वारा दिइएको अन्तर्वार्तामा संयोजक थापाले भनेका छन्, ‘केपी ओली मेस्सी होइन, पेले भन्न चाहन्छु । पेले अहिले ७७ वर्षको हुनुभयो, आफ्नो समयमा उहाँले तहल्का मच्चाउनुभयो । तर, अहिले खेल्न सक्नुहुन्न । उहाँले अहिलेका खेलाडीहरूलाई प्रोत्साहन र मार्गदर्शन गर्न सक्नुहुन्छ ।’
एमालेका अध्यक्ष ओलीले केही दिन अगाडि नयाँ बानेश्वरमा आयोजित चुनावी कार्यक्रममा सम्बोधन गर्दै विवेकशील पार्टीलाई सिक्दै गरेको केटाकेटी भनेर आफूलाई मेस्सीसँग दाँजेपछि संयोजक थापाले त्यसको जवाफ दिएका हुन् ।
‘ओलीजी पनि सायद ७० नाघिसक्नुभयो’, उनले भनेका छन्, ‘उहाँले अब पेलेले जस्तै बिश्राम लिनुपर्ने बेला भइसकेको छ । अबका मेस्सी त हामी हौं ।’
यसमा तपाइको मत