को हुन् नारायणकाजी ? बाबुरामले दिए झट्का

काठमाडौं । नयाँ शक्ति पार्टी नेपालका संयोजक एवम् गोरखाबाट प्रतिनिधी सभा क्षेत्र नं. २ बाट उम्मेदवार बनेका डा.बाबुराम भट्टराई माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ असल राजनीतिज्ञ भए पनि ग्रामीण जनताका लागि उपयुक्त नेता नरहेको बताएका छन् ।
नेपाली रेडियो नेटवर्कमा मंगलबार बिहान पत्रकार ऋषि धमलासँग कुरा गर्दै डा. भट्टराईले कोठे राजनीतिका लागि माओवादी नेता श्रेष्ठ उपयुक्तपात्र रहेको बताए ।
‘नारायणकाजी श्रेष्ठ जनताका लागि राम्रो व्यक्ति होइन’, उनले भने, ‘मैले विकास गरेको छु । अर्थमन्त्री भएका बेला कृषिको ऋण मिनाह गरेको छु । मेरो जित सुनिश्चित छ ।’
नारायणकाजी श्रेष्ठ गोरखा क्षेत्र नं. २ का लागि पर्यटक उम्मेदवार रहेको डा.भट्टराईको भनाइ थियो । ‘नारायणकाजीलाई मैले तपाई पर्यटक उम्मेदवार हो । निर्वाचन नलड्नुस् हार्नु हुन्छ भनेको थिएँ’, उनले भने, ‘नारायणकाजीलाई बलिको बोको बनाइएको छ ।’
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग

कांग्रेसको कार्यसम्पादन समितिको निर्णयहरू
शेरबहादुर देउवा
स्ववियु निर्वाचन र स्ववियुमा विद्यार्थी संगठनको महत्व
रोशनराज ढाहाल
यसमा तपाइको मत