कांग्रेसले अधिकार दिन्छ, कम्युनिष्टहरूले लुट्छन् : चन्द्र भण्डारी

खैरेनी । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा गुल्मी क्षेत्र नं. १ का प्रतिनिधी सभाका उम्मेदवार चन्द्र भण्डारीले संविधान बनाएर ३ करोड नेपालीलाई अधिकार सम्पन्न बनाइसकेको कांग्रेसले अबको विकास र समृद्धिलाई केन्द्रमा राखेको बताएका छन् ।

गुल्मी प्रतिनिधि क्षेत्र नम्बर १ को जोहाङ्ग खैरेनीमा सोमबार आयोजित चुनावी भेलालाई संबोधन गर्दै नेता भण्डारीले एमाले र माओवादी केन्द्रले कांग्रेससँग आत्तिएर वाम गठबन्धन बनाएको बताए । उनले भने, ‘कांग्रेसले संविधान बनायो, अब विकास र समृद्धितिर हाम्रो अभियान हुन्छ ।’

भण्डारीले नेपालमा आजसम्म भएका सबै परिवर्तनको नेतृत्व गरेका कांग्रेसले आन्दोलनबाट प्राप्त उपलब्धिलाई वर्तमान संविधानमा समेटिएको बताए । उनले अब राजनीतिक परिवर्तनको मिसन पूरा भएकोले कांग्रेस अब आर्थिक परिर्वतनमा लाग्ने बताए ।

उनले जङ्गलमा बसेर बम पड्काउने, माओवादीका नेतालाई स्वर्गीय गिरिजाप्रसाद कोइरालाले खोजेर भारतबाट रातारात बालुवाटार भित्राएर शान्ति प्रक्रियामा ल्याएको बताए । उनले भने, ‘देशमा शान्ति र स्थायित्व कायम गर्दा एमालेले रमिता हेरेर बसेको थियो ।’

उनले भने, àपहिलो संविधानसभाबाट चार–चार जना कम्युनिष्ट नेता प्रधानमन्त्री हुँदा पनि बन्न नसकेको संविधान जङ्गली हात्ती जस्तो माओवादी र साँढे जस्तो एमालेका बीचमा कांग्रेसको कुशल नेतृत्वका कारण सविंधान निमार्ण भएर जारी भएको हो ।’

नेता भण्डारीले एमालेले स्थानीय निर्वाचन समेत गर्न नसकेपछि नेपाली कांग्रेस सम्मिलित सरकारले निर्वाचनको मिति घोषणा गरेर कांग्रेसको नेतृत्वमा बनेको सरकारले सो जिम्मेवारी पूरा गरेको बताए ।

नेता भण्डारीले नेपालमा बामगठबन्धनले जनताको अधिकारलाइ लुट्न सक्ने खतरा भएको समेत बताए ।

Published : Monday, 2017 November 20, 4:56 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया