पराजित हुने भएपछि एमालेले लियो डोजरको सहारा

नुवाकोट । प्रतिनिधी सभा र प्रदेश सभा निर्वाचनको मिति नजिकिँदै गर्दा नुवाकोट जिल्लामा नेकपा (एमाले)ले आचारसंहिता उल्लङ्घनका गतिविधीहरू बढाएको छ ।
एमाले सम्वद्ध स्थानीय कार्यकर्ताहरूको अगुवाईमा वेलकोटगढी नगरपालिकाको वडा नम्वर १२ मा मतदाता प्रभावित बनाउने उद्देश्यले डोजर प्रयोग गरी बाटो खन्न थालिएको छ ।
स्थानीय वासिन्दाका अनुसार उक्त वडामा एमालेवाट निर्वाचित वडाध्यक्ष डिल्लीराम सिलवालको अगुवाईमा सोमबार बिहानबाट चण्डादेवीदेखि विकटोलसम्म बाटो खन्न डोजर प्रयोग भइरहेको हो ।
सोही वडामा वेलकोटगढी नगरपालिकाको वजेट दुरुपयोग गरी बाटो खन्ने काम भईरहेकोमा सर्वत्र विरोध भईरहेका वेला फेरि अर्को ठाउँमा सोही प्रकृतिको काम हुनु एमालेको हेपाहा प्रवृत्ती भएको नेपाली कांग्रेस मदानपुरका नेता बद्री तिवारीले बताए ।
तिवारीले आचारसंहिता विपरितका मतदाता प्रभावित बनाउने काम रोक्न प्रशासन र निर्वाचन आयोग तयार नभए कांग्रेसका स्थानीय कार्यकर्ताहरू वाध्य हुने समेत चेतावनी दिए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग

कांग्रेसको केन्द्रीय समितिबाट भएका निर्णयहरू
शेरबहादुर देउवा, सभापति, कांग्रेस
विनोदजी उमेशसँग तपाईको तुलनै हुँदैन, चन्दा लिए वापत तपाईलाई नेता मान्न कोही बाध्य छैन
गुरुराज घिमिरे, नेता, नेपाली कांग्रेस
स्मृति : कहिल्यै लेख्न नपाएको रूक्माङ्द-प्रचण्डकाे त्याे समाचार
प्रकाश तिमल्सिना
यसमा तपाइको मत