प्रकाश दाहालको अनुहारमा चोट लागेको तस्बिार आयो, के हो सत्यता ?

काठमाडौं । प्रकाश दाहालको अन्त्यष्टि हुँदै गर्दा सामाजिक सञ्जालमा एउटा तस्बिर भाइरल भइरहेको छ ।
प्रकाशका दुईवटा त्यो तस्बिरलाई जोडेर राखिएको छ । बायाँतिर रहेको तस्बिरमा प्रकाशको मुखभरि चोटपटक लागेको छ । दोस्रो तस्बिरमा ती चोटपटक लागेको छैन ।
यदि यो तस्बिरमा सत्यता छ भने प्रकाश दाहालको निधन होइन हत्या पनि भएको हुन सक्छ । अन्यथा यसरी सामाजिक सञ्जालको दुरुपयोग गरेर कसैको मृत्युमा खुल्नु हुँदैन ।
तस्बिरका विषयमा खोजविन गर्दै जाँदा सामाजिक सञ्जालमा चोट लागेको तस्बिर गलत रहेको पत्ता लागेको छ ।
प्रकाश दाहालको असली तस्बिर वाईसियलका अध्यक्ष दीप शिखाले फेसबुकमा राखेर सामाजिक सञ्जालमा भाइरल बनेको तस्बिरलाई झठ साबित गरिदिएका छन् ।
प्रचण्डको परिवार दुःखमा रहेका बेला थप पीडा हुने गरेर सामाजिक सञ्जालमा आएका यस्ता तस्बिरहरूका बारेमा सरोकारवाला निकायले छानविन गरेर दोषीलाई कारबाही गर्नुपर्छ । अन्यथा पीडित परिवारलाई झन् पीडा हुनेछ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग

कांग्रेसको कार्यसम्पादन समितिको निर्णयहरू
शेरबहादुर देउवा
स्ववियु निर्वाचन र स्ववियुमा विद्यार्थी संगठनको महत्व
रोशनराज ढाहाल
यसमा तपाइको मत