रसुवामा वाम गठबन्धनका कार्यकर्ता स्कूलभित्र यस्तो अवस्थामा भेटिए

रसुवा । मतदाता शिक्षाको नाममा वाम गठबन्धनका कार्यकर्ताले रसुवा जिल्लामा निर्वाचन आचार संहिताकोे ठाडो उलंघन गर्दै विद्यालयमा कार्यक्रम संचालन गरेका छन् ।
जिल्लाको उत्तरगया गाउँपालिका ३ ठूलोगाउँमा रहेको श्री भूमेदेवी माध्यमिक विद्यालयमा मतदाता शिक्षाको नाममा आफनो गठबन्धनलाई मतदान गर्न गठबन्धनका कार्यकर्ताले कार्यक्रम संचालन गरेका हुन् ।
विद्यालय वरपर निर्वाचन सम्बन्धी गतिविधि सञ्चालन गर्न नमिल्ने भएपनि रसुवामा वाम गठबन्धनले विद्यालयभित्र गएर मतदाता शिक्षा सञ्चालन गरेर आचार संहिताको खिल्ली उठाए ।
गठबन्धनमा आबद्ध नेता तथा कार्यकर्ताले विद्यालयमा पुगेर कक्षा ७ देखि १० सम्मका विद्यार्थीलाई मतदान गर्ने तरिका सिकाएका थिए ।
नमूना मतपत्र बोकेर विद्यालय पसेका उनीहरुले आफ्नो चुनाव चिन्हमा मतदान गर्नका लागि आग्रह गरेका थिए ।
मतदान गर्नका लागि उमेर नपुगेका विद्यार्थीसामु पुगेका गठबन्धन आवद्ध दलका विद्यार्थी संगठन अनेरास्ववीयुका कार्यकर्ताले कलिला स्कूले विद्यार्थीलाई गठबन्धनको चुनाव चिन्ह हँसिया हथौडा र सूर्यमा मतदान गर्न आफ्ना अविभावकलाई सिकाउन प्रशिक्षण दिएका थिए ।
विद्यालय स्रोतका अनुसार प्रधानाध्यापक ऋषि अधिकारी काठमाडौं गएको समयमा उनीहरू निर्वाचन शिक्षा दिन विद्यालय पुगेका थिए ।
एमालेका प्रतिनिधिसभाका उम्मेदवार जनादर्न ढकालका अनुसार अनेरास्ववियुमा आवद्ध विद्यार्थीलाई मतदान गर्ने तरिका सिकाइएको बताए ।
आचार संहिता विपरित विद्यालयमा कार्यक्रम गरेको बारे जिल्लाका सरोकारवाला निकायहरू बेखबर रहेका छन् ।
विद्यालयमा निर्वाचन शिक्षा सञ्चालनका नाममा पार्टीको प्रचार प्रसार भएको बारेमा आफूलाई जानकारी नआएको रसुवाका प्रमुख जिल्ला अधिकारी हीरादेवी पौडेलले बताइन् ।
लोकतान्त्रिक गठबन्धनलाई आचारसंहिता उल्लङ्घन गरेको आरोप लगाउँदै हिँडेका वाम गठबन्धनले आचारसंहिता मिच्दै हिँड्दा समेत मुख्य निर्वाचन अधिकृतको कार्यालय, जिल्ला निर्वाचन कार्यालय र जिल्ला प्रशासन कार्यालयले कार्वाहीको प्रक्रिया अगाडि बढाएका छैनन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग

गृहमन्त्रीका एक वर्ष : नीतिगत र कानूनी सुधारमा व्यापकता
शेरबहादुर सिंह
कांग्रेसको केन्द्रीय समितिबाट भएका निर्णयहरू
शेरबहादुर देउवा, सभापति, कांग्रेस
विनोदजी उमेशसँग तपाईको तुलनै हुँदैन, चन्दा लिए वापत तपाईलाई नेता मान्न कोही बाध्य छैन
गुरुराज घिमिरे, नेता, नेपाली कांग्रेस
यसमा तपाइको मत